close

ट्वीटरमा अब इथेरियम मार्फत टिप्स दिन मिल्ने 

टेकपाना टेकपाना

फागुन ९, २०७८ २१:१

ट्वीटरमा अब इथेरियम मार्फत टिप्स दिन मिल्ने 

काठमाडौं । अब ट्वीटरमा इथेरियम मार्फत अन्य प्रयोगकर्तालाई टिप दिने बाटो खुलेको छ । ट्वीटरले एक ट्वीट पोस्ट गर्दै इथेरियम मार्फत पेमेन्टको लागि विभिन्न क्रिप्टो सम्बन्धित अप्सनहरू खुलाएको हो ।

इथेरियमसँगै अब ट्वीटरमा कसैलाई टिप्स दिनका लागि पेगा, पेटीएम र बार्टर पनि प्रयोग गर्न सकिन्छ । साथै ट्वीटरको यो टिपिङ (मनपर्ने प्रयोगकर्तालाई टिप्स दिने प्रणाली) नाइजेरिया, भारत र घानामा पनि सुरु गरेको छ ।

ट्वीटरको टिप्स फिचर १८ वर्षभन्दा माथिका प्रयोगकर्ताको लागि लागू गरिएको छ । ट्वीटरमा बिटक्वाइन मार्फत टिप दिने व्यवस्था पहिलेदेखि नै थियो ।

इथेरियमको प्रवेशपछि भने अब बिटक्वाइन बाहेक अन्य क्रिप्टोकरेन्सी मार्फत पनि टिप्स दिन मिल्ने भएको हो । यो भन्दा अगाडि कम्पनीले एनएफटीमा आधारित प्रोफाइल पिक्चर राख्न मिल्ने फिचर पनि प्रदान गरेको थियो ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२