close

व्यक्तिको सफलतामा प्रविधिको प्रयोग कति महत्वपूर्ण ?

टेकपाना टेकपाना

पुस ५, २०७६ ९:३७

व्यक्तिको सफलतामा प्रविधिको प्रयोग कति महत्वपूर्ण ?

अहिलेको समयमा ग्याजेटको प्रयोग प्रायः सबैले गरिरहेकै हुन्छन् । पछिल्लो समय प्रविधिमा आएको विकाससँगै ग्याजेट मानिसको अत्यावश्यकीय आवश्यकताको विषय बन्दै गएको छ । तर, त्यसको प्रयोगमा हामी कति सचेत छौं त ?

रमाइलो कुरा के छ भने, बिल गेट्स, स्टिभ जब्स र अन्य प्रविधिकमा दिग्गजहरु नै प्रविधिको प्रयोगको विषयलाई लिएर आफ्ना बच्चाहरू प्रति कडा छन् । यसैलाई आधार बनाएर प्रविधिप्रतिको आफ्नो सोँच बनाइहाल्नु भने त्यति सही नहुन सक्छ ।

हो, हामीलाई थाहा छ हामी अहिलेको प्रविधिबाट टाढा रहन सक्दैनौं । तर, यसको प्रयोग र यसका लागि छुट्याउने समय हाम्रो स्वास्थ्य, हाम्रो परिवारसँग पनि जोडिन्छ । त्यो भन्दा पनि यो मान्छेको सफलतासँग जोडिएको छ ।

विश्वमा त्यस्ता व्यक्ति पनि छन्, जसले प्रविधिको प्रयोग गरेर सफलता हात पारेका छन् । विभिन्न अध्ययनले ८३ प्रतिशत सफल व्यक्तिहरुले ल्यापटप प्रयोग गर्ने गरेको पाइएको छ । रिज्युम ल्याबले गरेको अध्ययन अनुसार डेक्सटपको दाँजोमा ८३ प्रतिशत सफल व्यक्तिले ल्यापटप प्रयोग गर्दै आएका छन् ।

सफल हुनेहरुमा ५० प्रतिशतले आइफोन प्रयोग गर्ने तथ्याङ्क सार्वजनिक भएको छ । जुन सामसङ ग्यालेक्सी भन्दा बढी हो । विश्वमा सफल व्यक्तिहरु मध्ये ३२.३ प्रतिशतले सामसङ ग्यालेक्सी प्रयोग गर्ने गरेका छन् । त्यस्तै ४९ प्रतिशत सफल व्यक्तिले आफ्नो सामाजिक सञ्जाल व्यवसायिक प्रयोजनको लागि प्रयोग गर्ने गरेको उल्लेख छ ।

उक्त प्रतिवेदन अनुसार ६३.२ प्रतिशत सफल महिलाले हेल्थ एप प्रयोग गर्ने गरेका छन् । भने ४१ प्रतिशत सफल व्यक्तिले आफ्नो सामाजिक सञ्जालमा मेमो सेयर गर्ने गरेको उल्लेख छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१