close

खल्तीबाट डिसहोमको रिचार्ज गर्दा २ प्रतिशत छूट

टेकपाना टेकपाना

पुस ७, २०७६ १२:५

खल्तीबाट डिसहोमको रिचार्ज गर्दा २ प्रतिशत छूट

मोबाइल वालेट ‘खल्ती’ बाट डिसहोमको रिचार्ज गर्दा ग्राहकले दुई प्रतिशत छूट प्राप्त गर्ने भएका छन् । पछिल्लो सयम अनलाईन पेमन्टको बजार तीब्र रुपमा सेवा विस्तार गरिरहेको खल्तीले नेपालकै सबैभन्दा ठूलो टेलिभिजन सेवा प्रदायक डिसहोमसँग सहकार्य थालेको हो ।

डिसहोमसँगको यो सहकार्यसँगै खल्ती मोबाइल एपमार्फत रिचार्ज गर्दा ग्राहकले दुई प्रतिशत क्यास ब्याक पाउने उल्लेख छ । पछिल्लो समय आफ्नो सेवा विस्तार गरिरहेको खल्तीले विभिन्न सेवा प्रदायसँगको सहकार्यमा ग्राहकलाई आकर्षक क्यास ब्याक प्रदान गर्दै आएको छ ।

यसअघि खल्तीले देशकै ठूलो इन्टरनेट सेवा प्रदायक वर्ल्डलिङ्कसँग सहकार्य गरी इन्टरनेट रिचार्जमा १.५ प्रतिशत क्यासब्याक प्रदान गर्दै आएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१