close

फोरजी चलाउने ४५ लाख पुगे, एनसेलकै ३४ लाख

टेकपाना टेकपाना

पुस ७, २०७६ १७:२१

फोरजी चलाउने ४५ लाख पुगे, एनसेलकै ३४ लाख

नेपालमा चौथो पुस्ताको माेबाइल प्रविधि फोरजी प्रयोग गर्नेहरुको संख्या ४५ लाख नाघेको छ । नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्क अनुसार फोरजी प्रयोगकर्ता उल्लेख्य रुपमा बढेको देखिएको हो ।

त्यसमा सबैभन्दा बढी एनसेलको रहेको छ । असोजसम्म एनसेलका फोरजी प्रयोगकर्ता ३४ लाख ९० हजार २८ पुगेका छन् । जब कि सरकारी दूरसञ्चार सेवाप्रदायक कम्पनी नेपाल टेलिकमका फोरजी प्रयोगकर्ताको संख्या ८ लाख ३८ हजार मात्रै छ । भदौं र असोजको बिचमा नेपाल टेलिकमको केबल ३ हजार १२७ फोरजी प्रयोगकर्ता थपिएका छन् ।

सोही अवधिमा एनसेल र स्मार्ट टेलिकमले भने ठुलोमात्रामा फोरजी ग्राहक थपेका छन् । एनसेलले एक महिनाको अवधिमा १ लाख ९७ हजार भन्दा बढि ग्राहक थप गरेको छ भने स्मार्टले ८ हजार भन्दा बढी नयाँ ग्राहक बनाएको छ । हाल स्मार्टको कूल फोरजी प्रयोगकर्ता दुई लाख ३५ हजार ७७७ रहेका छन् ।

एक महिनाको अवधिमा टेलिकमले जम्मा ३ हजार १२७ ग्राहक मात्र थप्न सक्नुमा फोरजी सेवाको विस्तारमा भएको ढिलाई प्रमुख कारण हो । टेलिकमले असोज १५ देखि काठमाडौं र पोखरा बाहिर फोरजी सेवा सञ्चालनमा ल्याउन थालेको थियो । त्यसैले असोजको तथ्याङ्कमा ग्राहक नबढेको टेलिकमले जनाएको छ।

प्राधिकरणले सार्वजनिक गरेको तथ्याङ्क अनुसार हालसम्म टेलिफोन प्रयोगकर्ताको संख्या भने ४ करोड २२ लाख ८६ हजार ९३२ रहेको छ । जुन नेपालको कुल जनसंख्या भन्दा ४०.५६ प्रतिशत बढी हो । त्यसमा मोबाइल सिम प्रयोगकर्ताकै संख्या ४ कारोड १४ लाख ८६ हजार ५ सय ४४ रहेको छ । एउटै व्यक्तिले दुई वा दुईभन्दा बढी सिमकार्ड प्रयोग गर्ने गरेकाले यस्तो तथ्याङ्क देखिएको हो ।

तीब्र गतिको इन्टरनेट ब्रोडब्याण्ड प्रयोगकर्ता दुई करोड ७ लाख ८१ हजार नौं सय ७५ पुगेको छ । त्यसमध्ये १ करोड ६१ लाख ५५ हजार ४ सय १८ मोबाइल ब्रोडब्याण्ड प्रयोगकर्ता रहेका छन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१