close

गुगल प्ले स्टोरमा भिडियोको ‘अटो प्ले’ बाट हैरान हुनुहुन्छ ? यसो गर्नुहोस्

टेकपाना टेकपाना

पुस १३, २०७६ १७:५०

गुगल प्ले स्टोरमा भिडियोको ‘अटो प्ले’ बाट हैरान हुनुहुन्छ ? यसो गर्नुहोस्

स्वतः भिडियो बज्ने गुगल प्ले स्टोरको सबैभन्दा नराम्रो फिचर हो । प्रयोगकर्ताले नचाहँदा नचाहाँदै पनि इन्टरनेट डेटा र सिस्टमको स्टोरेज खाइरहेको हुन्छ ।

अब भने त्यसलाई बन्द गर्न सकिने भएको छ । अहिले गुगल प्ले स्टोरको ‘गेम स्पटलाइट’ सेक्सन, ‘गेम यु माइट लाइक’ र ‘सजेसन फर यु’ सेक्सनमा भिडियो अटो प्ले भइरहेको हुन्छ । तर, गुगलले सार्वजनिक गरेको गुगल प्ले स्टोरको नयाँ भर्सन १७.९.१७ मा भने भिडियो अटो प्लेलाई बन्द गर्न सकिने फिचर छ ।

त्यसका लागि यदि तपाईको गुगल प्ले स्टोर अपडेट भएको छैन भने सुरुमा त्यसलाई अपडेट गर्नुहोस् । गुगल प्ले स्टोर अपडेट भएसँगै गुगल प्लेस्टोरको सेटिङमा गएर अटो प्लेलाई बन्द गर्न सक्नु हुन्छ । सेटिङ भीत्र तपाईंले ‘जेनरल’ अप्सन देख्नु हुनेछ । त्यसमा ‘अटो–प्ले भिडियो’ अप्सन दिइएको छ ।

त्यसलाई क्लिक गरेसँगै तपाईंलाई दुई वटा विकल्प सोध्नेछ । त्यसमा वाइफाईमा भिडियो चल्ने बनाउने की पूर्ण रुपमा बन्द गर्ने भन्ने विकल्प दिइएको हुनेछ । त्यसबाट तपाईं आफूले चाहेको विकल्प छनोट गर्न सक्नु हुनेछ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१