close

क्रीसमसमा टेलिकमको बम्पर अफर, जति डेटा किन्यो त्यति नै डेटा नि:शुल्क

टेकपाना टेकपाना

पुस ९, २०७६ ९:१६

क्रीसमसमा टेलिकमको बम्पर अफर, जति डेटा किन्यो त्यति नै डेटा नि:शुल्क

नेपाल टेलिकमले क्रीसमस र नयाँ वर्ष २०२० लक्षित डेटा प्याक सार्वजनिक गरेको छ । फोर जी डबल बोनान्जा अफर नाम दिइएको उक्त प्याक अन्तर्गत प्रयोगकर्ताले जति डेटा खरिद गर्छन त्यति नै डेटा थप प्राप्त गर्नेछन ।

कम्पनीका अनुसार यो अफर अन्तर्गत तीन ओटा प्याक रहनेछन । जसमध्ये एक दिनसम्म प्रयोग गर्न सकिने २५ रुपैयाँको प्याक छ । यो प्याकमा प्रयोगकर्ताले २ सय एमबीसहित थप २ सय एमबी गरेर चार सय एमबी डेटा पाउनेछन ।

त्यस्तै १ सय रुपैयाँमा सात दिन प्रयोग गर्न सकिने ५ सय एमबीको प्याक खरिदमा थप अर्को ५ सय एमबी डेटा नि:शुल्क प्राप्त हुनेछ्न । २ सय ४० रुपैयाँ मा प्राप्त हुने १.५ जीबी डेटाको खरिदमा पनि त्यति नै थप डेटा उपलब्ध हुनेछ ।

यो डेटा २८ दिनसम्म प्रयोग गर्न सकिने टेलिकमले जनाएको छ । यो सबै कर सहितको रकम हो । टेलिकमको यो प्याक खरिद गर्न *१४१५*५# डायल गर्नुपर्छ । तर, यो अफर फोरजी प्रयोगकर्ताका लागि मात्र लागु हुनेछ ।

Ranjan Koirala

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१