close

क्रीसमसमा एनसेलको अफर, सय रुपैयाँमै विदेशमा अनलिमिटेड डेटा प्रयाेग गर्न सकिने

टेकपाना टेकपाना

पुस ९, २०७६ ११:१०

क्रीसमसमा एनसेलको अफर, सय रुपैयाँमै विदेशमा अनलिमिटेड डेटा प्रयाेग गर्न सकिने

एनसेलले क्रीसमसको अवसर पारेर विदेश घुम्न जाने ग्राहकलाई लक्षित गरि नयाँ योजना सार्वजनिक गरेको छ । जसमा विदेश घुम्न गएका ग्राहकले मात्र सय रुपैयाँमा अनलिमिटेड डेटा प्रयोग गर्न पाउने छन् ।

कम्पनीले बुधबार ‘बिदा चाहिन्छ, विदेशी सिम चाहिँदैन’ भन्दै विदेश जाने ग्राहकलाई लक्षित गरेर योजना ल्याएको हो । जुन नौ वटा देशमा मात्रै लागु हुने उल्लेख गरिएको छ ।

एनसेलका अनुसार यो योजना अमेरीका, भारत, कतार, सिंगापुर, बंलादेश, इन्डोनेशिया, मलेसिया, श्रीलंका र कम्बोडीयामा मात्रै यो योजना लागु हुनेछ । ग्राहकले *१७१२९ # टाइप गरी यो सेवा सुचारु गर्न सक्नेछन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१