close

‘डिलिट म्यासेजेज’ फिचर ल्याउँदै ह्वाट्सएप, यस्तो हुनेछ सुविधा

टेकपाना टेकपाना

पुस ११, २०७६ ११:५२

‘डिलिट म्यासेजेज’ फिचर ल्याउँदै ह्वाट्सएप, यस्तो हुनेछ सुविधा

फेसबुकको स्वामित्वमा रहेको ह्वाटसएपले डिलिट म्यासेजेज फिचर ल्याउने भएको छ । प्रयोगकर्ताले पठाएको म्यासेजेज निश्चित समयपछि स्वतः हट्ने विकल्प सहित यस्तो फिचर ल्याउने भएको हो । 

डब्ल्यूएबेटा इन्फोका अनुसार ह्वाट्सएपको एन्ड्रोइड एपको बेटा भर्सन २.१९.३४८ यस्तो फिचर रहेको पत्ता लगाएकका हुन् । सुरुवातमा डिसअपेयिरङ म्यासेजेज नाम दिने भनिए पनि अहिले यसको नाम डिलिट म्यासेजेज राखिएको छ । यो फिचर अहिले नै सबैका लागि उपलब्ध भइसकेको नभए पनि बेटामा यसले सुरुवाती रुपमा कसरी काम गर्छ भन्ने कुरा देखाइएको छ । 

सुरुवाती भर्सनमा यस्तो फिचर व्यक्तिगत च्याट र ग्रुप च्याट दुबैमा काम गर्ने भनेर देखाइएको भए पनि नयाँ भर्सनमा ग्रुप च्याटमा भएका म्यासेजमा मात्रै यसले काम गर्नेछ ।  अल्पकालिक म्यासेज तथा म्यासेज आफै हराउने फिचर कुनै एक वा अर्को कारणले म्यासेज डिलिट हुन्छ । तर डिलिट म्यासेजेज भने ग्रुपच्याटमा केही स्पेस खाली राख्न चाहने वा सबै हटाउन चाहनेहरुका लागि ल्याइएको हो । 

प्रयोगकर्ताको डिभाइसमा धेरै स्पेस ओगट्ने विषयमा ह्वाट्सएप कुख्यात छ । यदी तपाईंसँग ह्वाट्सएपमा थुप्रै ग्रुप च्याट छन् भने एप अस्तव्यस्त देखिन्छ । त्यसैले यो एपमा आउन लागेको नयाँ फिचर ग्रुप सफा गर्ने एउटा टुल हुनसक्छ । जुन एड्मिनले प्रयोग गर्न सक्नेछन् । त्यसका लागि एक घण्टा, एक दिन, एक हप्ता, एक महिना वा एक वर्ष गरी थुप्रै विकल्पहरु हुनेछन् । 

यदी तपाईं व्यक्तिगत च्याटमा म्यासेज डिलिट सम्भव बनाउन चाहनुहुन्छ भने संभवतः तपाईंले निश्चित नम्बरसँग ग्रुप बनाउनुपर्नेछ । सबै प्रयोगकर्ताले प्रयोग गर्न पाउने गरी कहिले यो फिचर उपल्ध हुन्छ भन्नेमा चाहिँ ह्वाट्सएपले कुनै जानकारी गराएको छैन । त्यसो त प्रयोगकर्ताले अझै यसको डार्क थिमको समेत पर्खाइमै बस्नु परेको छ ।  

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१