close

इन्टरनेटका अश्लील सामग्रीको जोखिम बालिकाभन्दा बालकमा बढी

टेकपाना टेकपाना

पुस ११, २०७६ १६:२२

इन्टरनेटका अश्लील सामग्रीको जोखिम बालिकाभन्दा बालकमा बढी

सामाजिक सञ्जालमा बालिकाहरुको तुलनामा बालकहरु पोर्नग्राफी तथा अश्लील सामग्रीको शिकार हुने एउटा अनुसन्धानले देखाएको छ । एक्सप्याट लक्जमवर्गले नेपालमा गरेको एक अनुसन्धानले त्यस्तो तत्थ्य बाहिर ल्याएको हो ।

एकप्याटले ‘नेपाली बालबालिकाहरुमा नयाँ प्रविधिको जोखिम तथा इन्टरनेट सुरक्षा’ विषयमा खोजी गरेको थियो । अध्ययनका लागि गरिएको सर्वेक्षणमा १५.७ प्रतिशत बालबालिकाहरुले आफूलाई फेसबुक तथा विभिन्न सामाजिक सञ्जालबाट अश्लील सामग्री आउने गरेको बताएका छन् । यसरी अश्लील सामग्री पाउनेमा ५९.१ प्रतिशत बालक रहेका छन् भने ४०.९ प्रतिशत बालिका छन् ।

सर्वेक्षणमा सहभागी ८४.३ प्रतिशत बालबालिकहरुले भने आफूहरुलाई त्यसप्रकारको कुनै पनि सन्देश नआएको बताएका छन् । जसमा ४७.३ प्रतिशत बालिका रहेका छन् भने ५२.७ प्रतिशत बालकहरु छन् ।

मोरङ, धनकुटा, संखुवासभा, धनुषा, काठमाडौं, सिन्धुपाल्चोक, पश्चिम नवलपरासी, कास्की, मुस्ताङ, प्युठान, बाँके, सुर्खेत, हुम्ला, कैलाली, डडेलधुरा लगायतका जिल्लाका निजी तथा संस्थागत विद्यालयका ५ हजार ११ जना विद्यार्थीमाथि यो सर्वेक्षण गरिएको थियो ।

१२ कक्षामुनिका १८ वर्षसम्मका बालबालिकाहरु माथि गरिएको अध्ययनले इन्टरनेट तथा सामाजिक सञ्जालमा अश्लील सामग्रीबाट बालिकाहरु बढि खतरामा रहने अनुमान विपरित नयाँ वास्तविकताको उजागर गरेको हो ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१