close

ह्वावेले ल्याउने नयाँ स्मार्टफोनमा ‘पेन्टा क्यामेरा’, यस्ता छन् अरु फिचर

टेकपाना टेकपाना

पुस १२, २०७६ १६:१४

ह्वावेले ल्याउने नयाँ स्मार्टफोनमा ‘पेन्टा क्यामेरा’, यस्ता छन् अरु फिचर

ह्वावे पीफोर्टी सिरिजका केही थप विवरणहरु लिक भएका छन् । लिकमार्फत बाहिर आएका तस्विर र स्पेशिफिकेसन अनुसार यसमा पेन्टा क्यामेरा सिस्टम अर्थात् पाँचओटा क्यामेरा राखिएको छ ।

यो फोन आगामी वर्षको मार्च महिनासम्म फ्रान्समा सार्वजनिक हुने अपेक्षा गरिएको छ । खबरहरुका अनुसार पेन्टा क्यामेरा सिस्टमका लागि चिनियाँ मोबाइल निर्माता कम्पनी ह्वावेले क्यामेरा निर्माणकर्ता जर्मन कम्पनी लाइकासँग सहकार्य गर्दैछ ।

लिक भएको तस्विरमा देखिए अनुसार यसको क्यामेरा सेटअपमा पाँचओटा रियर क्यामेरा छन् । जसमा पी ३० क्वाड क्यामेरा सिस्टमको तुलनामा धेरै क्यामेरा हुने छन् । एउटा क्यामेरा टीओएफ लेन्सयुक्त हुने र अन्य क्यामेरामा फ्ल्यास हुनसक्ने बताइएको छ ।

यो एन्ड्रोएडमै आधारित ईएमयुआई अपरेटिंग सिस्टममै चल्नेछ । यो फोनको अन्य स्पेसिफिकेसनमा ६.५७ इन्चको एमोलेड स्क्रिन, टु के एण्ड एफएचडी प्लस रेजोलुसन, एचडीआर सपोर्ट, डीसीआई पी थ्री वाइड कलर गामुट स्ट्याण्डर्ड रहेका छन् ।

यो फोन ह्वावेको मेट ३० सिरिजसँग नजिक रहेको बताइएको छ । तर अमेरिकाले लगाएको ब्यापार प्रतिबन्धका कारण यो फोन त्यहाँ उपलब्ध नहुनसक्छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१