close

बिहान ६ देखि साझ ६ बजेसम्म एनसेलको बिज प्लान, अन नेट कल निःशुल्क

टेकपाना टेकपाना

पुस १३, २०७६ ८:५६

बिहान ६ देखि साझ ६ बजेसम्म एनसेलको बिज प्लान, अन नेट कल निःशुल्क

एनसेलले व्यवसायलाई लक्षित गर्दै बिज प्लान ल्याएको छ । पछिल्लो समय व्यवसायिक ट्रेण्डआएको परिवर्तनसँगै कम्पनीले आफ्नो प्लान पस्तुत गरेको हो ।

जसमा कम्पनीले बिहान ६ देखि साझ ६ बजेसम्मलाई व्यापारिक समयका रुपमा निर्धारण गरेको छ । रिसोर्समा आधाति यो योजनामा अन नेट अर्थात आफ्नो नेटवर्क भित्र कल तथा एसएमएस निःशुल्करुपमा गर्न सिकिने छ ।

त्यसकालागि कम्पनीले दुई सय ९९ र तीन सय ९९ रुपैयाँका दुई योजना ल्याएको छ । जसमा दुई सय ९९ रुपैयाँमा बिहान ६ बजे देखि साझ ६ बजेसम्म अन्य नेटवर्कमा हरेक महिना एक जिबी डाटा, दुई सय ९९ मिनेट टक टाइम र दुई सय ९९ वटा एसएमएस पठाउन सकिने छ ।

त्यस्तै तीन सय ९९ रुपैयाँमा बिहान ६ बजे देखि साझ ६ बजेसम्म अन्य नेटवर्कमा हरेक महिना दुई जिबी डाटा, तीन सय ९९ मिनेट टक टाइम र तीन सय ९९ वटा एसएमएस पठाउन सकिने कम्पनीले जनाएकाे छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१