close

४ क्यामेरा भएको भिभो एसवान प्रो नेपालमा, कति पर्ला मूल्य ?

टेकपाना टेकपाना

पुस १३, २०७६ १४:१२

४ क्यामेरा भएको भिभो एसवान प्रो नेपालमा, कति पर्ला मूल्य ?

चिनीया मोबाइल निर्माता कम्पनी भिभोले आफ्नो एस सिरिज अन्तरगत एसवान प्रो नेपाली बजारमा सार्वजनिक गरेको छ । बजार विस्तारको क्रममा रहेको भिभोले पछिल्लो समय विभिन्न उत्पादन बजारमा ल्याइरहेकाे छ ।

केही समय अघिमात्रै कम्पनीले नेपाली बजारमा वाई सिरिजमा वाई नाइन्टिन सार्वजनिक गरेको थियो । भर्खरै एस सिरिजमा एसवान सार्वजनिक गरेको कम्पनीले त्यसको सफलता पश्चात आइतबार चार ओटा क्यामरा भएको भिभो एसवान प्रो सार्वजनिक गरेको हो ।

जसको बजार मूल्य ३६ हजार सात सय ९० रुपैयाँ तोकिएको छ । जुन ज्याजी ब्लु र म्यास्टिक ब्ल्याक रंगमा उपलब्ध छ । ६.३८ इन्चको डिस्प्ले रहेको फोनमा क्वालकम स्न्यापड्रागन अक्टाकोर प्रोसेसर रहेको छ । आठ जीबी र्‍यामका साथ आएको यो फोनमा एकसय २८ जीबी आन्तरिक मेमेरी राखिएको छ । ४५ सय एमएएच क्षमताको ब्याट्री रहेको फोनमा ड्युल इन्जिन फास्ट चार्जिङ सिस्टम समेत रहेको छ ।

फोनमा ३२ मेगा पिक्सेलको वाटर ड्रप डिजाइन भएको सेल्फी क्यामरा रहेको छ । त्यस्तै फोनको पछाडि भागमा ४८ प्लस, ८ प्लस, २ प्लस दुई मेगा पिक्सेलको चारवटा एआई क्वार्ड क्यामेरा रहेका छन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१