close

यस्तो रह्यो, नेपालकै ठूलो स्टार्टअप प्रदर्शनी ‘जिबिजि बिजफेस्ट’

टेकपाना टेकपाना

पुस १३, २०७६ १६:३०

यस्तो रह्यो, नेपालकै ठूलो स्टार्टअप प्रदर्शनी ‘जिबिजि बिजफेस्ट’

नेपालका प्रविधि व्यवसायीहरूको समुह गुगल बिजनेस ग्रुप काठमाडौंले आयोजा गरेको प्रदर्शनी जीबीजी बिजफेस्ट एन्ड बिजस्टार्ट २०१९ सफलतापुर्वक समपन्न भएको छ । २१० स्टार्टअपहरु सहभागी प्रदर्शनी दश हजार भन्दा धेरैले अवलोकन गरे ।

स्टार्टअप संस्थापकहरुसँग प्रत्यक्ष अन्तरकृया समेत गरिएको प्रदर्शनीका लागि क्लाउड कम्प्युटिङ सम्बन्धि कम्पनी जेनेस सफ्टवेयर सोलुसनसँग सहकार्य गरिएको थियो । प्रदर्शनीमा कृषिमा उपयोगी हुने ड्रोन बनाउने, मोबाईल गेम बनाउने, एनिमेसन, डिजिटल मार्केटिङ, अनलाइन सपिङ, अनलाइन शिक्षा प्रदान गर्ने, अनलाइन स्वास्थ्य सेवा प्रदान गर्ने, नेपाली ब्रान्डका लुगा उत्पादन गर्ने देखि अत्याधुनिक कृषिमा संलग्न स्टार्टअप कम्पनीहरु सहभागी रहेका थिए ।

कार्यक्रममा विशेषज्ञहरूले डिजिटल मार्केटिङ, क्लाउड कम्प्युटिङ, ग्रोथ ह्याकिङ जस्ता अनेक नयाँ प्रविधि सम्बन्धी प्रस्तुति पनि दिएका थिए । जुन स्टार्टअपहरुको व्यापार प्रवर्धन र विस्तारिकरणमा सहयोगी हुने बताइएको छ ।

मेलाका संयोजक तथा गुगल बिजनेस ग्रुप काठमाडौंका प्रबन्धक अमित अग्रवालले धेरै भन्दा धेरै स्टार्टअपहरुलाई लाभान्वित गराउन स्टल बुकिङ निःशुल्क गरिएको बताए । मेलामा अवलोकनका लागि समेत निःशूल्क प्रवेशको व्यवस्था गरिएको थियो । गुगल बिजनेस ग्रुपले नेपालमा दोश्रो संस्करण भव्यतापुर्वक सम्पन्न भएको भन्दै आगामी वर्ष समेत यसलाई निरन्तरता दिने जनाएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१