close

मोबाइल र इन्टरनेटको गुणस्तर नाप्ने प्रणालीको बोलपत्र नै रद्द

टेकपाना टेकपाना

पुस १४, २०७६ १२:४५

मोबाइल र इन्टरनेटको गुणस्तर नाप्ने प्रणालीको बोलपत्र नै रद्द


काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले दूरसञ्चार सेवाको गुणस्तर मापनका लागि आवश्यक प्रणाली (क्यूओएसएमएस) राख्ने परियोजनाको बोलपत्र प्रक्रिया नै रद्द गरेको छ । बोलपत्रमा सहभागी कम्पनीहरुले आवश्यक प्रक्रिया समेत पुरा नगरेको भन्दै प्राधिकरणले बोलपत्र नै रद्द गरेको हो ।

उक्त प्रणालीमा काम गर्न दुई कम्पनीले आशयपत्र पेश गरेका थिए । तर प्राप्त आवेदनलाई मूल्यांकन गर्दा आवश्यक कागजात तथा विवरण नै पेश नगरेको पाइएपछि बोलपत्र नै रद्द गर्नुपरेको प्राधिकरणका प्रवक्ता मिनप्रसाद अर्यालले जानकारी दिए ।

करिब १५ करोड रुपैयाँ लगानीको उक्त आयोजनाका लागि चाँडै अर्को बोलपत्र आह्वान गर्ने तयारी रहेको उनको भनाई छ । प्राधिकरणले गत ३० असोजमा बोलपत्रका लागि आह्वान गरेको थियो ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१