close

सुदूरपश्चिमका १३८ स्थानमा टेलिकमको फोरजी

टेकपाना टेकपाना

पुस १४, २०७६ १८:३२

सुदूरपश्चिमका १३८ स्थानमा टेलिकमको फोरजी

सरकारी दूरसञ्चार सेवा प्रदायक कम्पनी नेपाल टेलिकमले सुदूरपश्चिम प्रदेशका विभिन्न १३८ स्थानमा चौथो पुस्ताको मोबाइल प्रविधि फोरजी सेवा सञ्चालनमा ल्याएको छ । टेलिकमका सुदूरपश्चिमाञ्चल क्षेत्रीय निर्देशक नामाकार न्यौपानेले मोबाइल ती स्थानमा उपकरण जडान कार्य सम्पन्न भएर सेवा समेत सञ्चालनमा आइसकेको जानकारी दिए । 

टेलिकमको अत्तरिया स्थित क्षेत्रिय निर्देशनालयमा सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बास्कोटा सहभागि कार्यक्रममा क्षेत्रिय निर्देशक न्यौपानेले टेलिकमले क्षेत्रीय स्तरमा सञ्चालन गरेका परियोजनाको विषयमा प्रस्तुति दिएका थिए । उनले थप तीब्रताका साथ प्रदेशभर फोरजी विस्तारको काम भइरहेकाे उल्लेख गरे । 

फोरजी सेवाको विस्तारसँगै निर्देशनालयले एक महिनामै दशहजार थान सिमकार्ड निःशुल्क रुपमा वितरण गरिसकेको छ । यसका साथै अप्टिकल फाइबर प्रविधिमा आधारित इन्टरनेट सेवा एफटीटीएचको विस्तारका क्रममा ५२३ लाइन वितरण गरिसकिएको निर्देशनालयले जनाएको छ । पुरानो तामाको तारबाट सञ्चालित नेटवर्कलाई क्रमिक रुपमा फाइबरले प्रतिस्थापन गर्ने कम्पनीको लक्ष रहेको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१