close

आजदेखि यी मोबाइलमा चल्ने छैन ह्वाट्सएप, कतै तपाईको त परेन ?

टेकपाना टेकपाना

पुस १५, २०७६ ८:४७

आजदेखि यी मोबाइलमा चल्ने छैन ह्वाट्सएप, कतै तपाईको त परेन ?

म्यासेजिङ एप ह्वाट्सएप आजदेखि लाखौं मोबाइलमा चल्न बन्द हुनेछ । ह्वाट्सएपका अनुसार ती मोबाइल प्रयोगकर्ताले नयाँ एकाउन्ट खोल्न र अपडेट गर्ने सुविधा पाउनेछैनन् ।

मतलब ह्वाट्सएप त्यस्ता मोबाइलमा आफ्नो ‘सपोर्ट’ दिनेछैन । डिसेम्बर ३१ देखि लागू हुनेगरी विन्डोज अपरेटिङ सिस्टम प्रयोग भैरहेका सबै मोबाइलमा ह्वाट्सएप प्रयोग गर्न सकिने छैन ।

अर्थात तपाईंले नोकिया लुमिया प्रयोग गरिरहनु भएको छ भने ह्वाट्सएप प्रयोग गर्न सक्नुहुने छैन । ह्वाट्सएपले यस्ता मोबाइलमा एप्स नै बन्द गर्ने नभइ उक्त अपरेटिङ सिस्टमलाई सेवा दिन नसकिने स्पस्ट पारेको छ ।

यसको अर्थ प्रयोगकर्ताले ह्वाट्सएप प्रयोग गर्न नसक्ने नै हो । विन्डोजबाहेक केही आईफोन र एन्ड्रोइडमा पनि यो सेवा बन्द हुनेछ । फेब्रुअरी १ देखि लागू हुनेगरी ह्वाट्सएपले आईफोन अपरेटिङ सिस्टम एटभन्दा पुराना सबै आईफोनमा सपोर्ट बन्द गर्ने जनाएको छ ।

त्यस्तै एन्ड्रोइड २.३.७ संस्करणभन्दा पुराना अपरेटिङ सिस्टम भएका सबै मोबाइलमा पनि व्हाट्सएप प्रयोग गर्न सकिने छैन ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१