close

सस्तियो सामसङ एमथर्टी एस, यस्तो छ नयाँ मूल्य

टेकपाना टेकपाना

पुस १५, २०७६ १८:६

सस्तियो सामसङ एमथर्टी एस, यस्तो छ नयाँ मूल्य

सामसङले ग्यालेक्सी एम सिरिज अन्तर्गत एमथर्टी एस को मूल्य घटाएको छ । कम्पनीले नयाँ वर्षको अवसर पारेर बजारमा सबैभन्दा बढी रुचाइएको प्रोडक्ट एमथर्टी एसको मुल्य घटाएको हो ।

यसअघि २७ हजार ९ सय ९० रुपैयाँ पर्ने ४ जीबी र्‍याम, एक सय २८ जीबी रोम रहेको एम ३० एस २४ हजार ८ सय ९९ रुपैयाँमै पाइने भएको छ । त्यस्तै ६ जीबी र्‍याम र एक सय २८ जीबी रोम रहेको एमथर्टी एस अब ३० हजार एक सय ९९ रुपैयाँमा खरिद गर्न सकिने भएकाे छ । जसको बजार मूल्य यसअघि ३३ हजार पाँच सय ९० रुपैयाँ थियो ।

ग्यालेक्सी एमथर्टी एस मा शक्तिशाली ६००० एमएएच ब्याट्री रहेको छ । ६.४ इन्च एफएचडी सुपर एमोलेड इन्फिनिटी यू डिस्प्ले रहेको फोनमा ट्रिपल रियल क्यामेरा रहेको छ । जसको मुख्य क्यामेरा ४८ मेगापिक्सेलको छ ।

ग्यालेक्सी एमथर्टी एस मा ८ मेगापिक्सल को अल्ट्रा वाइड लेन्स रहेको छ भने, अर्को ५ मेगापिक्सेलको लाइभ फोकस फिचर सहितको क्यामरा रहेको छ । यो फोन नीलो, सेतो तथा कालो रंगमा बजारमा उपलब्ध रहेको कम्पनीले जनाएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१