close

विज्ञान प्रविधिमा अनुसन्धान गर्नेलाई छुट्टै परिचयपत्र

टेकपाना टेकपाना

असोज १, २०७६ २२:१४

विज्ञान प्रविधिमा अनुसन्धान गर्नेलाई छुट्टै परिचयपत्र

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान(नास्ट) ले विज्ञान प्रविधिको क्षेत्रमा अनुसन्धान गर्ने अनुसन्धानकर्ता तथा वैज्ञानिकलाई छुट्टै परिचयपत्र (आईडी नम्बर) प्रदान गर्ने भएको छ । त्यसका लागि नास्टले नेपाली रिसर्च आईडेन्टिटी भन्ने कार्यक्रमको सुरुवात गर्ने तयारी गरेको छ ।

नास्टका उपकुलपती डा.सुनिल बाबु श्रेष्ठका अनुसार अनुसन्धानकर्ता र वैज्ञानिकको छुट्टै डाटाबेस बनाउने उद्देश्यका साथ यसको सुरुवात गरिएको हो । ‘नास्टले विज्ञान प्रविधिमा अनुसन्धान गर्ने सबैलाई एउटा आईडेन्टिटी नम्बर प्रदान गर्नेछ’, श्रेष्ठले भने, ‘हाल नागरिकता नम्बर भनेर नेपालीलाई दिए जस्तै वैज्ञानिकलाई पनि एउटा पहिचानको लागि नम्बर प्रदान गर्न खोजिएको हो ।’

यसको मूख्य उद्देश्य भनेको वैज्ञानिकको डेटाबेस तयार गर्नु हो । कुन व्यक्तिले कुन क्षेत्रमा कुन विषयमा अनुसन्धान गर्दै छन् भन्ने जानकारी पनि यसपश्चात नास्टसँग रहने छ ।यसले सरकारलाई आवश्यकता परेको समयमा कुन क्षेत्रमा कति अनुसन्धानकर्ता र वैज्ञानिक छ भन्ने पनि जानकारी सहजै प्राप्त गर्न सकिन्छ ।

‘जस्तो भुकम्प गयो, सरकारलाई स्ट्रक्चर इन्जिनियर आवश्यक पर्यो भने त्यस्ता कति जना छन भन्ने जानकारी प्राप्त हुनेछ’ श्रेष्ठले भने, ‘त्यतिमात्रै होइन अनुसन्धान गर्नुपर्यो, कुनै संस्थालाई अनुसन्धानकर्ता आवश्यक पर्यो हामीसँग भएको डेटाबेसमा हेरेर त्यस्ता संघ संस्थालाई उपलब्ध गराउन पनि सकिने छ ।’

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३