close

२५ बर्षे युवा, जो १६५ ओटा मोबाइल बोक्छन्

टेकपाना टेकपाना

असोज १, २०७६ १४:२३

२५ बर्षे युवा, जो १६५ ओटा मोबाइल बोक्छन्

तपाई बढीमा कति ओटा मोबाइल प्रयोग गर्नुहुन्छ ? दुई ओटा, तीन ओटा अथवा बढीमा चारओटासम्म । त्यसो भए अनुमान गर्नुहोस, एउटा व्यक्तिसँग कति ओटा मोबाइल हुन सक्छ । यो खबर तपाईंका लागि आश्चर्यजनक हुनेछ, दक्षिण अमेरिकी मुलुक उरुग्वेका एक २५ बर्षीय युवा १६५ ओटा मोबाइल प्रयोग गर्छन् ।

हो, उरुग्वेका फिलिप बेरहोउ अनेक मोडलका मोबाइल संकलनका कारण चर्चामा छन् । अझ अचम्म लाग्दो के छ भने उनले बोक्ने सबै मोबाइल मोटोरोला ब्रान्डका मात्र हुन् । त्यसैले उनलाई ‘मोटोरोला किङ्’ भनेर पनि चिनिन्छ । बेरहोउ आफै पनि मोटोरोला ब्रान्डको धेरै सौखिन व्यक्ति हुन् । गिजमोडोले सार्वजनिक गरेको एउटा भिडियोमा उनले आफ्नो मोबाइल प्रतिको आशक्ति जनाउन आफ्नो कथा साटेका छन् ।

उनले बोक्ने सबै मोबाइल मोटोरोला ब्रान्डका मात्र हुन् । त्यसैले उनलाई ‘मोटोरोला किङ्’ भनेर पनि चिनिन्छ ।

उनी जब स्कुलमा पढ्थे एक जनाले चक्कु देखाएर उनको मोटोरोला फोन मागेको थियो । तर उनले आफ्नो फोनको साटो जुत्ता दिने प्रस्ताव राखेको त्यो कथामा सुनाएका छन् । बेरहोउ १३ बर्षको उमेरदेखि नै मोटोरोलाको सौखिन थिए । कतिसम्म भने उनले त्यतिबेलै कम्पनीलाई धेरै पटक पत्र समेत लेखेका थिए । खासमा उनी मोटोरोलाको लोगोबाट निकै आकर्षित भएका छन् ।

यद्यपि कम्पनीले उनको पत्रमा कुनै जवाफ दिएन । सन् २०१४ मा उनले एउटा ट्विट लेख्दै आफूसँग मोटोरोलाको संकलन रहेको जनाएको थिए । त्यसपछि कम्पनीले प्रतिक्रिया जनाएको थियो । बेरहोउसँग सन् १९८९ मा मोटोरोलाको पहिलो फ्लिप फोन पनि छ । त्यस्तै गोलो डिस्प्ले भएको मोटोरोलाकै ओरा आरवन फोन पनि उनीसँग छ । लेनोभोले केही समयमा लागि मोटोरोला खरिद गरेर यसको नाम मोटो राख्दा उनी ज्यादै दुःखित भएका थिए ।

कतिसम्म भने उनले मोटोरालाई बारम्बार इमेल लेखेर पहिलेकै नाम राख्न आग्रह गरेक थिए । पछि कम्पनीले यसको नाम मोटोरोला नै राख्यो पनि । बाल्यकालमा उनको चाहना मोटोरोलाको सीईओ बन्ने थियो तर उनी अहिले उरुग्वेमा युनेस्कोको लागि काम गर्छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३