close

सुबिसुको दशै अफर : ९९ रुपैयाँमै इन्टरनेट वा क्लियर टिभी

टेकपाना टेकपाना

असोज १, २०७६ २१:४१

सुबिसुको दशै अफर : ९९ रुपैयाँमै इन्टरनेट वा क्लियर टिभी

इन्टरनेट सेवा प्रदायक सुबिसु केबलनेट प्रालिले आफ्ना ग्राहकका लागि दशैं अफर ल्याएको छ । कम्पनीले थप सहुलियत मुल्यमा ग्राहकलाई इन्टरनेट र टीभी सेवा प्रदान गर्ने योजना सहितको अफर सार्वजनिक गरेको हो ।

कम्पनीले यस योजनामा एक महिनाका लागि ९९ रुपैयाँमा टिभी वा इन्टरनेट सेवा दिने घोषणा गरेको छ । त्यसमा ३० एमबीपीएस गतिको इन्टरनेट सेवा एक महिनाको लागि ९९ रुपैयाँमै पाइने छ । यसको विकल्पमा ग्राहकले क्लियर टिभी प्रिमियम प्याकेज पनि ९९ रुपैयाँमै पाउन सक्नेछन् ।

यो टिभी प्याकेजमा ७५ भन्दा बढी एचडी च्यानलसहित २७५ डिजिटल च्यानल हुनेछन । त्यस्तै कम्पनीले यस योजनामा इन्टरनेट र टिभीको कम्बो प्याक पनि ल्याएको छ । यसमा एक सय ९८ रुपैयाँमा इन्टरनेट र क्लियर टिभि सेवा उपलब्ध हुने कम्पनीले जनाएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३