close

नेपाली बजारमा एनाइन २०२० भित्र्याउँदै ओप्पो

टेकपाना टेकपाना

असोज १, २०७६ २१:२७

नेपाली बजारमा एनाइन २०२० भित्र्याउँदै ओप्पो

मोबाइल ब्रान्ड ओप्पोले नेपाली बजारमा एनाइन २०२० सार्वजनिक गर्ने भएको छ । जेन जी पुस्ताका लागि लक्षित नयाँ स्मार्टफोन आउँदो सामोबार नेपाली बजारमा सार्वजनिक हुनेछ । सोही दिन कम्पनीले एफाइभ २०२० पनि सार्वजनिक गर्ने जानकारी दिएको छ ।

कम्पनीका अनुसार सार्वजनिक गर्ने तयारीमा रहेको दुवै स्मार्टफोन मिड रेन्जका हुन् । दुवै फोनमा उत्कृष्ट फोटोग्राफी क्षमता छ । आकर्षण डिजाइनको साथ आउने यी फोनमा लामो समय टिक्ने ब्याट्रीको प्रयोग गरिएको छ ।

कम्पनीका अनुसार ओप्पो एनाइन २०२० मा ४८ एमपी अल्ट्रा–वाइड–एंगल क्वाड क्यामेरा रहेको छ । त्यसैगरी, यसमा रहेको १६ एमपी फ्रण्ट क्यामेरा छ । १९ घण्टासम्म लगातार मोबाइल प्रयोगको सुविधा दिने क्षमतासहितको यो फोनमा रहेको ५ हजार एमएएच ब्याट्री प्रयोग गरिएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३