close

हुवावेको महंगो फोन ‘मेट ३० प्रो’ मा छैन गुगल सर्भिस

टेकपाना टेकपाना

असोज ३, २०७६ ९:४६

हुवावेको महंगो फोन ‘मेट ३० प्रो’ मा छैन गुगल सर्भिस

चाइनिज कम्पनी हुवावेले बिहिबार मेट ३० प्रो स्मार्टफोन सार्वजनिक गर्यो । तर, उक्त स्मार्टफोन गुगलको सर्भिस बिनै आएको छ । कम्पनीकै सबैभन्दा महंगो फोनको रुपमा रहेको मेट ३० प्रो गुगलको सर्भिस बिनै विश्व बजारमा सार्वजनिक भएको छ ।

गुगलको सर्भिस बिना सार्वजनिक भएसँगै हुवावेको मेट ३० प्रोलाई युरोपीयन बजारमा ठुलो धक्कालाग्न सक्ने अनुमान गरिएको छ । अमेरिकाले यस वर्षको सुरुवातमा हुवावलेलाई आफ्नो देशमा प्रतिवन्ध लगाएको थियो । साथै अमेरिकी कम्पनीहरुलाई हुवावेसँग व्यवसाय गर्न समेत रोक लगाएको थियो । अमेरिकाले लगाएको उक्त प्रतिबन्धको असर हुवावे मेट ३० प्रो मा देखिएको छ ।

यसअघि गुगलले हुवावेलाई आफ्नो सर्भिस प्रयोग गरि हुवावे मेट ३० प्रो मोवाइल बिक्रि गर्न नपाउने भनी जानकारी गराएको थियो । त्यतिमात्रै नभएर आगामी दिनमा आउने हुवावेका नयाँ स्मार्टफोनमा गुगलका एप्स र सेवा पुर्व रुपमा राखेर सार्वजनिक गर्ने नपाउने निर्णय गरेको थियो ।

सोहि निर्णयको आधारमा हुवावे मेट ३० प्रो गुगल सर्भिस बिनै सार्वजनिक गरिएको हुवावेका कन्जुमर प्रोडक्ट डिभिजनका कार्यकारी निर्देशक रिचार्ड युले जनाकारी गराएका छन् । उनले हुवावे मेट ३० प्रोमा गुगल सर्भिस प्रयोगमा नल्याएको बताउँदै अब हुवावे मोवाइल सर्भिस कोर प्रयोगमा ल्याएको बताए ।

यो सँगै हुवावेका फोनमा जिमेल, गुगल एप स्टोर, लगाएतका महत्वपूर्ण एप्प रहेन छनै । त्यसको विकल्पको रुपमा हुवावेले हुवावे मोवाइल सर्भिस कोर प्रयोग गर्नेछ । जसमा हाल ४५ हजार एप्स रहेका छन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३