close

कानूनी परामर्श अब अनलाइनबाटै

टेकपाना टेकपाना

असोज ३, २०७६ ११:१४

कानूनी परामर्श अब अनलाइनबाटै

अब अनलाईनबाटै परामर्श लिन सकिने भएको छ । स्मार्ट ल इन्क्यूबेटरले संविधान दिवसको अवसर पारेर अनलाइन कानुनी परामर्शका लागि “मेरो अड्डा” सार्वजनिक गरेको हो ।

“मेरो अड्डा”मार्फत जो कोहिले पनि कानून व्यवसायीसँग प्रत्यक्ष पहुँच कायम गर्न सक्नेछन् । कुनै विषयमा सोझै “मेरो अड्डा”मार्फत कानुनी सल्लाह लिन सकिने छ । अनलाइनमा सोधिएका प्रश्नको जवाफ कानुन विज्ञद्धारा प्रदान गरिने कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार सूचना प्रविधियुक्त न्यायपालिकाको अवधारणालाई आत्मसाथ गर्ने स्वर्गीय प्रधान न्यायधीश केदारप्रसाद गिरीको सम्झनामा “मेरो अड्डा” ल्याइएको हो । स्मार्ट लका अनुसार स्वर्गीय गिरीले ई–अदालत प्रणाली, अटोमेसन, इलेक्ट्रोनिक कज लिस्ट, अनलाइन मुद्दा स्थिति, फैसला र आदेश सफ्टवेयर सुचिकरणका साथै अदालत, राष्ट्रिय न्यायिक प्रतिष्ठान र नेपाल बारलाई फाइबर अप्टिकले जोड्ने काम समेत उनले गरेका थिए ।

साथै उनले डिजिटल अदालत, कानुनी सूचना केन्द्र, इलेक्ट्रोनिक निवेदन आदेश प्रक्रिया, पारदर्शी अनलाइन कज लिस्ट, व्यक्तिगत सूचना प्रणाली, ई–दर्ता चलानी, अदालत शुल्क सफ्टवेयर, ई–टिप्पणि, सर्वोच्च अदालत ई–पुस्तकालय र मिसिल सफ्टवेयर मार्फत डिजिटल न्यायपालिका अघि बढाउने कार्यको थालनी गरेका थिए ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३