close

सरकारले सुरु गर्‍याे आफ्नै ‘ई-कमर्स’, निर्यातकर्ताले आफ्नाे उत्पादन बिक्री गर्न सक्ने

टेकपाना टेकपाना

असोज ५, २०७६ ११:५७

सरकारले सुरु गर्‍याे आफ्नै ‘ई-कमर्स’, निर्यातकर्ताले आफ्नाे उत्पादन बिक्री गर्न सक्ने

तपाई नेपाली उत्पादक हुनुहुन्छ र विदेशमा आफ्नो उत्पादन बिक्री गर्न चाहनुहुन्छ भने एउटा सजिलो विकल्प तयार भएको छ । व्यापार तथा निकासी प्रवर्धन केन्द्रले नेपालको वैदेशिक व्यापार प्रवर्धन तथा सहजीकरण गर्ने उद्देश्यले छुट्टै वेबपोर्टलमाेबाइल एपको विकास गरेको हो ।


उत्पादक तथा निर्यातकर्ताहरुले आफ्नो व्यवसाय तथा उत्पादनको विवरण पोर्टलमा आफै अपलोड गर्नसक्ने व्यवस्था मिलाइएको छ । केन्द्रले यसरी अपलोड भएका उत्पादनको अन्तरराष्ट्रिय स्तरमा प्रवर्धन गर्नेछ ।

केन्द्रका निर्देशक सुरेन्द्रनाथ गोंगलका अनुसार पोर्टलमा निर्यात व्यापारसंग सम्बन्धित निर्यातकर्ता तथा सेवाग्राहीहरुको विवरण, निर्यातयोग्य वस्तुहरुको विवरणका साथै व्यापार सूचना तथा तथ्याङ्कहरु राख्न सकिन्छ । ‘वेब तथा एप्लिकेशनमा निर्यातकर्ताकाे वेबलिङ्कदेखि सम्पुरण विवरण राखिनेछ,’ उनले भने ‘विदेशीहरुले त्यसैमार्फत निर्यातकर्तासँग सम्पर्क गरी सामान खरीद गर्न सक्छन् ।’

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३