close

इन्टरनेट स्पिडमा पनि नेपाल भारतभन्दा अगाडि

टेकपाना टेकपाना

असोज ६, २०७६ १३:५८

इन्टरनेट स्पिडमा पनि नेपाल भारतभन्दा अगाडि


इन्टरनेटकाे गतिमा समेत नेपाल छिमेकी भारतभन्दा अगाडि देखिएको छ । इन्टरनेटको पहुँचमा अगाडि रहेको नेपालले इन्टरनेटको गतिमा समेत भारतलाई उछिनेको हो ।

इन्टरनेट गति, पहुँच र साक्षरता लगायतकाे विश्लेक्षण तथा प्रतिवेदन तयार पार्दै आएकाे ओक्लाले सार्वजनिक गरेको अगस्ट महिनाको प्रतिवेदनअनुसार भारत मोवाइल इन्टरनेट स्पिडमा नेपाल भन्दा पछाडि देखिएको छ । ओक्लाको ग्लोबल मोवाइल इन्टरनेट स्पिड टेष्ट इन्डेक्स प्रतिवेदन अनुसार विश्वका एक सय १४५ देश मध्ये नेपाल १३० औं स्थानमा रहेको छ । उक्त प्रतिवेदनमा नेपालको मोवाइल इन्टरनेट स्पिड औसतमा १०.७८ एमबीपीएस रहेको उल्लेख गरिएको छ । जब कि भारत १०.६५ इमबीपीएस औसत मोबाइल इन्टरनेट स्पिडका साथ १३१ स्थानमा रहेको छ ।


भारतलाई छिमेकी राष्ट्र श्रिलंका, पाकिस्तानले उछिनेका छन् । प्रतिवेदनअनुसार श्रिलंका २२.०४ एमबीपीएस स्पिडका साथ ८३ ‌औँ स्थानमा छ भने पाकिस्तान ११८ औँ स्थानमा रहेको छ । पाकिस्तानमा मोबाइल इन्टरनेटको औषत स्पिड १३.०८ एमबीपीएस रहेको छ ।


सार्वजनिक प्रतिवेदनका अनुसार विश्वको सबैभन्दा तिव्र गतिको मोबाइल इन्टरनेट दक्षिण कोरियामा रहेको छ । कोरियामा मोबाइल इन्टरनेट स्पिड औषतमा एक सय ११ एमबीपीएस छ । जुन दोस्रो सबैभन्दा बढीस्पिड भएको देश अस्ट्रेलियाको भन्दापनि दोब्बरको हाराहारी हो । अस्ट्रेलियामा मोबाइल स्पिड औषत ६६.४५ एमबीपीएस रहेको छ ।


कतार, नर्वे र युएई क्रमस तेस्रो, चौथौं र पाँचौ स्थानमा पर्न सफल भएका छन् । ती देशहरुमा मोबाइल इन्टरनेटको औषत स्पिड क्रमश: ६५.६२ एमबीपीएस, ६५.३५ एमबीपीएस र ६४.११ एमबीपीएस रहेको जनाइएको छ । अर्कोतर्फ विश्वमहाशक्ति राष्ट्र अमेरिका यो लिस्टको उत्कृष्ट १० मा समेत अटाउन सकेको छैन । अमेरिका ३६.२३ एमबीपीएस औषत स्पिडका साथ सूचीको ३५ औं स्थानमा छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३