close

स्मार्टफोन प्रयोगकर्ताले जान्नैपर्ने क्यामेरा फिचर, जो धेरैलाई थाहा नहुनसक्छ

टेकपाना टेकपाना

असोज ८, २०७६ ५:१२

स्मार्टफोन प्रयोगकर्ताले जान्नैपर्ने क्यामेरा फिचर, जो धेरैलाई थाहा नहुनसक्छ

के तपाइसँग स्मार्छ फोन छ ? धेरैलाई त यस्तो पनि प्रश्न हुन्छ भन्ने लाग्नसक्छ । अवश्य पनि अहिलेको समयमा प्राय: सबैको हातहातमा स्मार्टफोन छ । त्यसमा भएको क्यामेराको प्रयोग पनि बेलामौकामा भइरहेकै हुन्छ । तर क्यामेरामा हुने अधिकांश फिचरको विषयमा भने धेरैलाई थाहा नहुन सक्छ । त्यसैले आज हामी यहाँ त्यस्ता केही स्मार्ट फोनको क्यामेरामा भएमा उपयोगी र जान्नै पर्ने फिचरको बारेमा जानकारी दिन गइरहेका छौँ ।

एचडिआर मूड

पछिल्लो समय बजारमा आएका प्राय सबैजसो स्मार्टफोनको क्यामेरामा हुने एउटा महत्वपुर्ण फिचर हो । एचडीआर अर्थात हाइ डाइनामिक रेञ्ज । यो क्यामेरामा प्रयोग हुने एउटा यस्तो प्रविधि हो जसले फोटो खिच्दा कुनै भाग धेरै चम्कलो र कुनै भाग अँध्यारो देखिने अवस्थामा गुणस्तरीय फोटो खिच्न सघाउँछ । क्यामेराको यो प्रविधिले स्वचालित रुपमा एक्सपोज, अन्डर एक्सपोज र नर्मल फोटोको सम्मिश्रणबाट क्षणभरमै सन्तुलित फोटो तयार पार्दछ ।

अपार्चर

क्यामेराको अपार्चरको स्मार्टफोन प्रयोगकर्ताहरुले अवश्य पनि सुनिरहेकै विषय हुनसक्छ । सामान्य रुपमा भन्दा क्यामेराको लेन्समा देखिने सानो छिद्र नै अपार्चर हो । यही छेद ठूलो वा सानो कत्रो हुने भन्ने विषय नै अपार्चरमा निर्भर हुन्छ । जुन एफ अर्थात फोकल लेन्थको अङ्कमा भर पर्छ । एफ १‍.४, एफ २.०, एफ ८.० यसकै उदाहरण हुन् ।


एफ कम हुँदै जाँदा छेदको आकार बढ्दै जान्छ भने एफको मान बढ्दा छेद साँघुरिदै जान्छ । यसरी छेद जति ठूलो हुन्छ त्यति नै धेरै प्रकाश क्यामेराको सेन्सरसम्म पुग्छ । ठीक त्यसैगरी छेद सानो हुँदा तुलनात्मक रुपमा कम प्रकाश भित्र जान्छ । बजारमा उपलब्ध अधिकांश स्मार्टफोनका क्यामेरामा यस्तो अपार्चर निश्चित भएको हुन्छ ।

यद्यपी कुनै कुनै स्मार्टफोनमा अपार्चर घटबढ गराउन सकिने फिचर समेत हुन्छ ।
त्यसैले क्यामेराको आधारमा स्मार्टफोनको छनौट गर्नुपर्दा एफको अङ्क कमभन्दा कम रहेकोतर्फ ध्यान दिनुपर्ने हुन्छ । यसले आकर्षक बुके इफेक्ट सहितकोफ फोटो खिच्न समेत सघाउँछ ।

पोट्रेट मूड

सबैजसो स्मार्ट फोनमा हुने अर्को महत्वपुर्ण फिचर हो पोट्रेट मूड । यो मूडको विषयमा तपाइहरुमध्ये कतिपय जानकार समेत हुनुहुन्छ होला । पोट्रेट मूडलाई बुके मूड अर्थात बुके इफेक्ट समेत भन्न सकिन्छ । सामान्य भाषामा भन्नुपर्दा फोटो खिच्दा पृष्ठभूमीको भाग धमीलो पार्ने फिचर नै बुके मूड हो ।


जसलाई अर्को शब्दमा डेप्थ अफ फिल्ड पनि भन्न सकिन्छ । यो फिचरको विशेषता भनेकै मूख्य वस्तुमा क्यामेरालाई केन्द्रीत गर्नु हो । यसले फोटोलाई आकर्षक बनाउँछ ।

अप्टिकल जूम भिएस डिजिटल जूम

क्यामेरामा रुची भएकाहरुले पक्कै पनि अप्टिकल जूम र डिजिटल जुमको विषयमा सुनेकै हुनुपर्छ । पछिल्लो समय कतिपय स्मार्टफोन निर्माता कम्पनीहरुले क्यामेराको यसै विशेषतालाई लिएर विज्ञापन समेत गरिरहेका छन् ।

सामान्य भाषामा भन्नुपर्दा क्यामेरामा टाढाको वस्तु नजिक तथा ठूलो देखाउन वास्तविक लेन्स प्रयोग गरिएको छ भने त्यो नै अप्टिकल जूम हो। यसरी जूम गरिएका फोटो गुणस्तरीय निस्किन्छ । जब कि वस्तुलाई फोटोमा ठूलो देखाउन तथा नजिक ल्याउन सफ्टवेयर प्रणालीको मात्रै प्रयोग गरिएको छ भने त्यो डिजिटल जुम हो ।

यसरी लिइने फोटोको गुणस्तर अप्टिकल जुममार्फत लिइएको फोटोको तुलनामा कमजोर हुन्छ । यस अर्थ डजिटल जूमको तुलनामा अप्टिकल जुम उत्कृष्ट मान्नुपर्ने हुन्छ ।

ईआइएस तथा ओआइएस


क्यामेराको कुरा गर्दा प्रयोगकर्ताले सम्भवत: ईआइएस तथा ओआईएसको बारेमा पनि सुनेकै हुनुपर्छ । कहिलेकाहिँ स्मार्टफोनबाट खिचेको फोटो धमिलो देखिन्छ । हलचल हुँदा भिडियो समेत प्रष्ट आउँदैन ।
यस्तै किसिमको समस्या समाधान गर्न यो फिचर विकास भएको हो ।

स्मार्टफोनको क्यामेरामा यसले महत्वपुर्ण अर्थ राख्छ । ईआइएस अर्थात इलेक्ट्रोनिक इमेज स्टेबलाइजेशन बढिजसो भिडियो रेकर्डिङ र स्मार्टफोन क्यामेरामा प्रयोग हुने सफ्टवेयर प्रणाली हो। यसैगरी ओआइएस अर्थात अप्टिकल इमेज स्टेबलाइजेशन भने हार्डवेयर प्रणाली हो । दुबैको काम एउटै भए पनि तुलनात्मक रुपमा ईआइएसको तुलनामा ओआइएस स्तरीय हुनुका साथै महंगो पनि हुन्छ ।

पानोरमा मूड

स्मार्टफोनको क्यामेरामा हुने अर्को महत्वपूर्ण फिचर हो पानोरमा मूड । मोबाइलकफ क्यामेराले समेट्न नसकिने फराकिलो र ठूलो वस्तु तथा दृश्यको फोटो खिच्न यो फिचर उपयोगी हुन्छ । यो मूड अन गरेर एरो अर्थात तिरले सङ्केत गरेको दिशामा विस्तारै मोबाइल घुमाएर फराकिला तथा तथा लामी फोटो खिच्न सकिन्छ ।

टाइम ल्याप्स

तपाईले भिडियोहरुमा अवश्यपनि देखेकै हुनुपर्छ जहाँ बादल, कुहिरो, मानिस, जनावर, सवारीसाधन लगायतका गतिमा चल्ने चिजवस्तुहरु सामान्यभन्दा एकदमै छिटो गतिमा चलिरहेको हुन्छन् । सूर्य उदाउने र अस्ताउने काम समेत क्षणभरकै भिडियोमा देखाइन्छ । वास्तवमा यस्ता भिडियो टाइम ल्याप्स फिचरकै कारण हुन्छन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३