close

तीन वटा क्यामरा भएको वानप्लस ७ टी एन्ड्रोइड १० सहित अक्टोवरमा सार्वजिनक हुँदै

टेकपाना टेकपाना

असोज १०, २०७६ ६:३२

तीन वटा क्यामरा भएको वानप्लस ७ टी एन्ड्रोइड १० सहित अक्टोवरमा सार्वजिनक हुँदै

विगत केहि वर्षको अवधिमा वानप्लसले हरेक ६ महिनामा आफ्नो नयाँ उत्पादन बजारमा ल्याउने गरेको छ । जुन कम्पनीको लागि खुसिको कुरा पनि हो । स्मार्टफोनको विश्व बजार घट्दो अवस्थामा रहेको भए पनि ६ महिनको अवधिमा नयाँ उत्पादन भित्र्याएर वानप्लसले भने आफ्नो आम्दानी सुरक्षित गर्न सफल भइरहेको छ ।

त्यसैको निरन्तरताको रुपमा कम्पनीले वानप्लस ७ टी ल्याउन लागेको हो । ७ टी कम्पनीको यो वर्षको दोस्रो फ्ल्यागसिप स्मार्टफोन हुनेछ । यसले पनि कम्पनीको बजारलाई चलायमान बनाउने अपेक्षा गरिएको छ । ९० हर्ज एमोलेड स्क्रिनका साथ बजारमा आउन लागेको ७ टीमा तीन वटा क्यामरा रहेका छन् । क्यामराको भागलाई कम्पनीले आकर्षण डिजाइन दिएको छ ।

स्मार्टफोनको पछाडि भागमा गोलो आकारभित्र तीन वटा क्यामेरा रहेका छन् । जुन एप्पलले हालै सार्वजनिक गरेको आइफोन ११ प्रो को तीन क्यामरा डिजाइन भन्दा आकर्षण देखिएको छ । जसमा मूख्य क्यामेरा ४८ मेगापिक्सेलको रहको छ । जसमा २ एक्स टेलिफोटो र ११७ डिग्री फिल्ड भ्यूका साथ अल्ट्रा–वाइड–एंगल रहेको छ ।

मोवाइलमा रहेको साउण्ड सिस्टमलाई पनि परिमार्जित गरिएको जनाइएको छ । कम्पनीको अघिल्लो उत्पादन वानप्लस ७ प्रोमा प्रयोग भएको स्पिकरमा थोरै परिमार्जन गर्दै डब्ली एटमस सिस्टम जडान गरिएको छ । त्यस्तै फास्ट चार्जिङ स्टिमलाई पनि थप परिस्कृतगरी एक घण्टामै फुल चार्ज हुने बनाइएको कम्पनीले जनाएको छ ।

वानप्लस ७ प्रो को तुलानमा यो फोन २५ प्रतिशत छिटो चार्ज हुन्छ । त्यो भन्दापनि महत्वपूर्ण कुरा, यो स्मार्टफोन एन्ड्रोएड १० का साथ आउने भएको छ । एन्ड्रोएड १० अन्य स्मार्टफोनमा पनि उपलब्ध भएतापनि पहिलेनै एन्ड्रोएड १० इन्स्टल भएर बजारमा जाने यो नै पहिलो स्मार्टफाने हुनेछ। उक्त स्मार्टफोनमा कम्पनीले प्रयोगकर्तालाई आक्सिजन ओएस मार्फतपनि केहि नयाँपन दिने उल्लेख गरिएको छ ।

यो स्मार्टफोन अक्टोवर १८ तारिकबाट विश्व बजारमा आउनेछ । बजारमा पुग्दा यसको बजार मूल्य ५९९ डलर हुने जनाइएको छ । जुन तुलानात्मक रुपमा निकै सस्तो हो । अन्य कम्पनीको फ्ल्यागसिप स्मार्टफोनको मूल्य हजार डलरको हाराहारीमा रहेको अवस्थामा वानप्लसको यो मूल्यलाई स्वभाविक रुपमा लिइएको छ ।

(एजेन्सीको सहयोगमा)

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३