close

एन्ड्रोइड फोन ल्याउँदै माइक्रोसफ्ट

टेकपाना टेकपाना

असोज २३, २०७६ १७:३०

एन्ड्रोइड फोन ल्याउँदै माइक्रोसफ्ट

माइक्रोसफ्ले एन्ड्रोइड फोन ल्याउने तयारी गरेको छ । त्यो पनि डबल स्क्रिनका साथ । विन्डोजको सफ्टवेयर बनाउने कम्पनीको रुपमा विश्व बजारमा उदाएको कम्पनी माइक्रोसफ्ले ‘सर्फेस डुओ’ नामक स्मार्टफोन ल्याउने घोषणा गरेको हो ।

बुधबार अमेरिकाको न्युयोर्कमा आयोजना भएको एक कार्यक्रममा माइक्रोसफ्टले उक्त विषयमा जानकारी गराएको हो । कम्पनीका अनुसार दुई वटा स्क्रिन भएको उक्त फोनले प्रयोगकर्तालाई अझ बढी सोचनीय बनाउन मद्धत गर्नेछ । ५.६ इन्च को डिस्प्ले रहेको उक्त स्मार्टफोनलाई ८.३ इन्चसम्म बनाउन सकिने जनाइएको छ ।

उक्त कार्यक्रममा कम्पनीले डुओको बारेमा धेरै जानकारी नदिएता पनि यो स्मार्टफोनसँगै अर्को स्मार्टफोन पनि सार्वजनकि गर्ने उल्लेख गरेको छ । अर्को स्मार्टफोन ‘सर्फस नियो’ डुओ भन्दा ठुलो स्क्रिनमा आउने जनाइएको छ। यी स्मार्टफोन कम्पनीले सन् २०२० मा सार्वजनिक गर्ने तयारी गरेको छ । कार्यक्रममा कम्पनीले विन्डोज १० एक्स सफ्टवेयर पनि सार्वजनिक गर्ने बताएको छ । जुन कम्पनीले सार्वजनकि गर्न लागेको डबल स्क्रिन फोनमा प्रयोग गर्न सकिने छ ।

माइक्रोसफ्टका अनुसार डबल स्क्रिन फोनका लाागि कम्पीनले गुगल सँग सहकार्य गरेको छ । गुगलको एन्ड्रोइड प्रयोग गरि स्मार्टफोन बजारमा ल्याउनक लागि कम्पनीले गुगलसँग सहकार्य गरेको हो । यो सँगै सामसङ, हुवावे, लगायतका विश्व बजारमा डबल स्क्रिन फोन ल्याउने तयारीमा रहेका कम्पनीलाई माइक्रोसफ्टले थप चुनौती दिएको छ ।

कम्पनीको उक्त कार्यक्रममार्फत नयाँ उत्पादनमा सर्फस ल्यापटप ३, सर्फेस प्रो एक्स र सर्फेस प्रो ७ ट्यावलेट, सर्फेस एयरबन्ड र एसक्यु कस्टम आर्म चिप रहेका छन ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३