close

एकै पटक तीन आईएसपीलाई प्राधिकरणले गर्यो कारबाही

टेकपाना टेकपाना

असोज १८, २०७६ १८:०

एकै पटक तीन आईएसपीलाई प्राधिकरणले गर्यो कारबाही

नेपाल दुरसञ्चार प्राधिकरणले एकै पटक तीन इन्टरनेट सेवा प्रदायक कम्पनी(आईएसपी) लाई कारबाही गरेको छ । बिना अनुमती इन्टरनेट सेवा प्रदान गर्ने कम्पनी र उक्त कम्पनीलाई ब्याण्डविथ उपलब्ध गराउने दुई कम्पनीलाई प्राधिकरणले पाँच लाखका दरले जरिवाना गरेको हो ।

प्राधिकरणका अनुसार जरिवानामा पर्ने तीन कम्पनीमा काठमाडौंको क्लासिक टेक प्रालि, चितवनको चितवन नेटवर्क प्रालि र तनहुको युनिक डिजिटल प्रालि रहेका छन् । यी तीनै कम्पनीलाई प्राधिकरणले पाँचलाखका दरले जरिबाना तोकेको छ । बिहिबार बसेको प्राधिकरण बोर्डले यी तीन कम्पनीलाई जनही पाँच लाख जरिवान गर्ने निर्णय गरेको प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका अनुसार तीन कम्पनी मध्य क्लासिक टेक प्रालि र चितवन नेटवर्क प्रालिलाई अवैधरुपमा इन्टरनेट प्रदान गर्न सहयोग गरेको आधारमा कारवाही गरिएको हो । यी दुई कम्पनीले तनहुमा सञ्चालनमा रहेको युनिक डिजिटल प्रालिलाई इन्टरनेट ब्याण्डविथ उपलब्ध गराउँदै आएका थिए । इन्टरनेट सेवा प्रदान गर्ने कुनै अनुमती नै नलिएको युनिक डिजिटल प्रालिको अफिसमा लगि इन्टरनेट ब्याण्डवित जोडेर सर्भिस दिनको लागि प्रोत्साहन गरेको कारण उनिहरुलाई कारबाही गरिएको प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका अनुसार यो क्लासिक टेकको तेस्रो पटक हो । यस अघि पोखरामा रहेको एउटा कम्पनीलाई पनि यसले यसरी नै अवैध रुपमा ब्याण्डविथ प्रदान दिएको पाइएको थियो । त्यसबेला पनि प्राधिकरणले कारवाही गरेको थियो । फेरी पनि उसले त्यहि कार्य दोहो¥याएको छ । अर्को पटक पनि त्यस्तो गरिएको खण्डमा क्लासिक टेकको अनुमती पत्र खारेजकोलागि अघि बढाइने प्राधिकरणले जनाएको छ ।

अर्को कम्पनी चितवन नेटर्वकले भने अवैध रुपमा सञ्चालनमा रहेको कम्पनी आफैले सञ्चालन गरेको उल्लेख गरेको थियोे । तर, कागजी रुपमा कुनै त्यस्तो किसिमको प्रमाण नभएकाले पनि उक्त कम्पनीलाई कारबाही गरिएको छ । प्राधिकरण अनुसार अवैध रुपमा सञ्चालनमा आएको युनिक डिजिटलको ग्राहक संख्या ८ सय भन्दा बढी रहेका छन् । भने, उसको मासिक आम्दानी नौं लाख भन्दा बढी रहेको पाइएको छ । त्यसैले उक्त कम्पनीलाई प्राधिकरणले अनुगमनको क्रममा सिलबन्दी गरेर आएको प्राधिकरणले जनाएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३