close

गुगलको पिक्सेल फोनमा कार दुर्घटना पत्ता लगाउन सक्ने प्रविधि

टेकपाना टेकपाना

असोज २१, २०७६ १६:२०

गुगलको पिक्सेल फोनमा कार दुर्घटना पत्ता लगाउन सक्ने प्रविधि

गुगलले पिक्सेल फोनमा कार दुर्घटना भएको बारे पत्ता लगाउने प्रविधि ल्याउने भएको छ । उवरले जस्तै गुगलले पनि मोबाइलमा यो प्रविधिको विकास गर्न लागेको हो ।

हाललाई यो प्रविधि अमेरीकीमा मात्र लागु हुने जनाइएको छ । गुगलका अनुसार उक्त एपको नाम ‘पर्सनल सेफ्टी’ रहने छ । उक्त एपले कार प्रयोगकर्तालाई कार दर्घटना भएको खण्डमा जतिसक्दो छोटो समयमा सहायत प्राप्त गर्न मद्धत गर्ने उल्लेख गरिएको छ ।

यसले कार प्रयोगकर्तालाई अझ बढी सुरक्षित बनाउन मद्धत गर्ने विश्वास लिइएको छ । उक्त एपले मोबाइल प्रयोगकर्तालाई उक्त एपले आपतकालीन सम्पर्क नम्बर राख्न सक्ने सुविधा दिनेछ।

यदि द्रुत गतिमा कुदिरहेको कार एक्कासी रोकियो भने उक्त एपले इमरजेन्सी नम्बरमा लोकेसन पठाउनेछ । त्यतिमात्रै नभएर उक्त समयको आवाज पनि म्यासेजको रुपमा त्यस मोबाइलमा पठाउने छ । यदि दुर्घटना नै भएको हो भने मोवाइलमा ठुलो आवाजमा सहयोगको लागि साइरन बज्नेछ ।

त्यति गर्दा पनि कार चालकबाट कुनै रिस्पोन्स नआएको खण्डमा उक्त लोकेसन पुलीस, फायर र मेडिकलमा पठाइ उद्धारको काममा मद्धत गर्ने जनाईएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३