close

युट्युव र गुगल म्यापमा तीन नयाँ सुरक्षा फिचर

टेकपाना टेकपाना

असोज २१, २०७६ १९:४१

युट्युव र गुगल म्यापमा तीन नयाँ सुरक्षा फिचर

गुगलले सुरक्षाको समवेदनशिलतालाई ख्याल गर्दै युट्युव, म्याप र गुगल एसिस्टेन्समा तीन ओटा नयाँ फीचर थप गर्ने भएको छ । विश्वविख्यात आइटी कम्पनी प्रयोगकर्ताले कम्पनीलाई के–के कुराको एक्सेस दिने भन्ने विषयमा ग्राहकलाई नै थप तीन सुविधा उपलब्ध गराउने भएको हो ।

यससँगै प्रयोगकर्ताले आफ्नो सुचनामा अरुलाई कति पहुँच दिने भन्ने कुरामा अझ बढी निर्क्यौल गर्न सक्नेछन् । गुगलका अनुसार ग्राहकले युट्युव, म्याप र गुगल एसिस्टेन्समा ‘इन्कग्निटो मुड’अन गर्न सक्ने छन् । यसले तपाईको लोकेसन तेश्रो कम्पनीलाई उपलब्ध हुने छैन् । यस्तै युट्युव र गुगल एसिस्टेन्समा तपाईले हिस्ट्री पनि रहने छैन ।

यसका साथै आवाजले नियन्त्रण गर्न सकिने सेक्युरिटी फिचर पनि यसमा थप हुने भएको छ । योसँगै प्रयोगकर्ताले बोलेकै भरमा आफुले हेरेको हिस्ट्री डिलिट गर्न सक्नेछन् । त्यतिमात्रै नभएर प्रयोगकर्ताले गुगल एसिस्टेन्स सँग आफ्नो डाटा कसरी सुरक्षित राख्ने भनी प्रश्न सोध्न समेत सक्नेछन् ।

उसले गुगलमा गर्न सकिने सम्पूर्ण सुरक्षाका उपाय प्रयोगकर्तालाई उपलब्ध गराउने छ । त्यस्तै युट्युवमा अटो डिलिट फिचर थप भएको छ । यो फिचर यसअघि अन्य गुगल प्रोडक्टमा उपलब्ध भएतापनि युट्युवमा भने थिएन । अब यसलाई कम्पनीले युट्युवमा पनि उपलब्ध गराउने भएको हो ।

योसँगै तपाईंले युट्युवको हिस्ट्र आफुले तोकेको समय अवधिमा आफै डिलेट हुने बनाउन सक्नुहुनेछ । यसका साथै गुगलले पासवर्ड चेकअप फिचर पनि थप गरेको छ । यसले प्रयोगकर्तालाई उनिहरुले गुगलका एकाउण्टमा राखेका पासवर्ड कति सुरक्षित छन् भनी देखाउनेछ । भने, यो कति पटक सम्म प्रयोग भइसकेको छ भन्ने सम्मको जानकारी पनि दिने जनाइएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३