close

चीनका धनीको सूचीमा आईटी कम्पनीका मालिकको वर्चश्व

टेकपाना टेकपाना

असोज २६, २०७६ १४:१४

चीनका धनीको सूचीमा आईटी कम्पनीका मालिकको वर्चश्व

चीनका धनी व्यक्तिहरुको सुचीमा प्रविधिका मालिकले वर्चस्व जमाएका छन् । ह्युरन रिच लिस्टले सार्वजनिक गरेको यस वर्षको सुचिमा पहिलो १० नम्बरमा प्रविधि कम्पनीका मालिकहरुको वर्चस्व देखिएको हो ।

ह्युरनले सार्वजनिक गरेको धनीहरुको सुचीमा यो वर्ष एक सय ९२ जना नयाँ अनुहार थपिएका छन् भने गत वर्षका दुई सय ६६ जना धनीहरुको सुचिबाट हटेका छन् । यो वर्ष अलिबाबाका संस्थापक तथा निर्देशक ज्याक मा उक्त सुचिको पहिलो नम्बरमै रहन सफल भए । उनी लगातार दोस्रो वर्ष यो सुचिको पहिलो स्थानमा टिकिरहन सफल भएका हुन् । उनको सम्पत्ति ३९ बिलियन अमेरिकी डलर अर्थात चालिस खर्ब नेपाली रुपैयाँको हाराहारीमा रहेको छ ।

टेनसेन्टका निर्देशक पोनी मा दोस्रो नम्बरमा उक्लिएका छन् । गत वर्ष तेस्रो नम्बरमा रहेका पोनी घरजग्गा कारोबारी जू जियाइनलाई पछि पार्दै एक स्थानमाथी उक्लिएका हुन् । उनको सम्पत्ति गत वर्षको तुलनामा ८ प्रतिशतले बढेर ३७ बिलियन अमेरिकी डलर अर्थात करीब ३८ खर्ब नेपाली रुपैयाँ पुगेको छ । यस्तै जू को सम्पती भने गत वर्षको तुलनमा १६ प्रतिशतले घटेको छ । हाल उनको कुल सम्पती ३० बिलियन अमेरिकी डलर अर्थात करीब ३१ खर्ब नेपाली रुपैयाँ रहेको छ ।

चीनका दश धनी व्यक्ति मध्ये चार जना सूचना प्रविधि उद्योगबाट प्रतिनिधित्व गर्ने रहेका छन् । उक्त सूचिमा तीन जना घर जग्गा कारोबारका हस्ती रहेका छन् । ह्युरन रिच लिस्टका अनुसार धनी व्यक्तीहरुमध्ये १८ सय व्यक्तिहरुको औसत सम्पत्ति १.४ बिलियन अमेरीकी डलर रहेको छ । ह्युरन प्रतिवेदनका प्रमुख अनुसन्धानकर्ता तथा अध्यक्ष रुपर्टका अनुसार जसले डिजिटल अर्थतन्त्रलाई आत्मासाथ गर्न सफल भए उनीहरुको हातमा सबैभन्दा बढी सम्पत्ति रहेको छ ।

यो सुची यस वर्षको अगष्ट १५ सम्मको उनिहरुको सम्पत्तिलाई लिएर तयार पारिएको हो । यस वर्ष १८ सय १९ जनाको व्यक्तिगत सम्पत्ति दुई बिलियन युआन भन्दा बढी रहेको छ । जुन अघिल्लो वर्षको तुलनामा कम हो । गत वर्ष दुई बिलियन युआन भन्दा बढी व्यत्तिगत सम्पत्ति हुनेहरुको संख्या १८ सय ९३ रहेको थियो ।
त्यसमध्ये कुल ११ सय ३६ जनाको सम्पत्ति घटेको तथा यथास्थितीमा रहेको देखिएको छ भने नौ सय ३४ जनाको सम्पत्ति अघिल्लो वर्षको तुलनमा वृद्धि भएको छ । जसमा एक सय ९२ जना नयाँ अनुहार पनि समाबेस छन् । धनीहरुको सुचीमा समाबेस भएका १९ जनाको सम्पत्ति सय बिलियन युआन भन्दा बढी रहेको छ । जुन अघिल्लो वर्षको तुलनमा ६० प्रतिशत बढी हो । यो २१ वर्ष अघि पहिलो पटक सुची सार्वजनीक गरे यताकै सबैभन्दा ठुलो बृद्धि भएको बताइएको छ ।

सुचिकृत मध्ये ४० प्रतिशत धनीहरुको आम्दानीको स्रोत निमार्ण व्यवसाय तथा घर जग्गा व्यवसाय रहेको छ । बाँकी ६० प्रतिशत चौंथो पूस्ताका व्यवसायी रहेका छन् । जसले डिजिटल अर्थतन्त्र र स्मार्ट प्रविधिलाई अंगालेका छन् ।

ई–कमर्स कम्पनी पीनडुओडुओका अध्यक्ष तथा कार्यकारी निर्देशक ह्वाङ झेङ् आफ्नै प्रयत्नले चीनको दश धनीको सुचीमा पर्न सफल भएका छन् । उनी चीनको धनीहरुको सुचिमा सातौं नम्बरमा रहेका छन् । उनको सम्पत्ति १९ बिलियन अमेरिकी डलर अर्थात करीब २० खर्ब रुपैयाँ रहेको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३