close

ओप्पो रेनोटू एफ बुधबार नेपालमा सार्वजनिक हुने

टेकपाना टेकपाना

असोज २७, २०७६ ११:१९

ओप्पो रेनोटू एफ बुधबार नेपालमा सार्वजनिक हुने

ओप्पोको रेनो सिरिज अन्तर्गतको रेनोटू एफ बुधबार नेपाली बजारमा सार्वजनिक हुँदैछ । क्वाड क्यामरा सेटअप, ८ जीबी र्याम, हिडन फिंगरप्रिन्ट लगायत विभिन्न फिचर्सहरुका साथ बजारमा आउन लागेको रेनोटू एफले प्रयोगकर्तालाई परिस्कृत अनुभव प्रदान गर्ने विश्वास कम्पनीले लिएको छ । कम्पनीका अनुसार आकर्षण डिजाइनमा आउन लागेको रेनोटू एफ स्मार्टफोनमा लामो समय सम्म टिक्ने ब्याट्री प्रयोगमा ल्याइएको छ ।

रेनोटू एफमा क्वाड (चारओटा) क्यामरा छ । त्यसमा ४८ एमपीको अल्ट्रा क्लियर मेन लेन्स, ८ एमपीको वाइड एंगल लेन्स, एउटा मोनो लेन्स र २ एमपीको पोट्रेट लेन्स रहेका छन् । क्यामरामा फ१.७९ अपाचर र १/२.२५ इन्च सेन्सर प्रदान गरिएको छ ।

कम्पनीका अनुसार यो फोन फोटो ग्राफिका साथै भिडियो ग्रफिको लागि पनि उत्तिकै महत्वपूर्ण हुनेछ । त्यस्तै ओप्पोले गेमर्सलाई ध्यानमा राख्दै चार हजार एमएएच (टीवाईपी) ब्याट्री स्मार्टफोनमा उपलब्ध गराएको छ । यो ब्याट्रीलाई मोबाइल गेम खेल्दै गर्दाको बखतमा समेत चार्ज गर्न सकिने उल्लेख छ ।

फोनमा स्मार्ट एआई रेफ्रिजिरेटरको ब्यवस्थापनि रहेको छ । यसले प्रयोगमा नभएको बेला एपलाई फ्रिज गरी ब्याट्री बचतमा सघाउने छ । त्यसकालागि फोनमा भोक फ्ल्याश चार्ज ३.० प्रविधि प्रयोगमा ल्याइएको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार भीएफसी फास्ट चार्जिङ अल्गोरिदमले प्रत्यक्षरुपमा ट्रिक्लिङ चार्जिङको गति बढाएर ३० मिनेटको समयमा ५१ प्रतिशत चार्ज गर्ने छ ।

त्यसैगरी, फोनमा ८ जीबी र्याम रहेको छ । भने, सुरक्षाको लागि हिडन फिंगरप्रिन्ट अनलक प्रणालीको समेत व्यवस्थापनि गरिएको कम्पनीले जनाएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३