close

फाइबर इन्टरनेटमा वर्ल्डलिंकको दबदबा, एक्लैको बजार हिस्सा ५४ प्रतिशत !

टेकपाना टेकपाना

असोज २८, २०७६ ८:०

फाइबर इन्टरनेटमा वर्ल्डलिंकको दबदबा, एक्लैको बजार हिस्सा ५४ प्रतिशत !

पछिल्लो समय नेपालको फिक्स ब्रोडब्यान्ड इन्टरनेटमा फाइबर टु दी होम (एफटीटीएच) प्रविधि लोकप्रिय हुँदै गएको छ । त्यसैले नै पछिल्ला केहि वर्षको अन्तरालमा यसका प्रयोगकर्ताको संख्या ठुलो मात्रामा बढ्दै गएका छन् ।

नेपाल दूसरञ्चार प्राधिकरणले सार्वजनिक गरेको साउन २०७५ को तथ्याङ्कमा २० लाख ३८ हजार भन्दा बढी एफटीटीएचका ग्राहक थिए । यस वर्ष साउन महिनासम्म त्यसमा ३८.२६ प्रतिशतले बृद्धि भइ एफटीटीएचका प्रयोगकर्ता ३० लाख तीन हजार भन्दा बढी पुगेका छन् । जसमा वर्ल्डलिंक कम्युनिकेशन प्रालीले आफ्नो दबदबा छ । फाइबर इन्टरनेट विस्तारमा विशेष प्राथामिकताका साथ लागी परेको वल्र्डलिंकले बजारको ५३.९३ प्रतिशत बजार ओगट्न सफल भएको छ ।

कुल ३० लाख तीन हजार प्रयोगकर्ता मध्य वल्र्डलिंकको मात्रै १५ लाख २२ हजार पाँच सय भन्दा बढी रहेको छ । जुन कुल प्रयोगकर्ताको ५३.९३ प्रतिशत हो ।

नेपाल दुसरञ्चार प्राधिकरणले सार्वजनिक गरेको पछिल्लो प्रतिवेदन अनुसार नेपालमा फाइबर इन्टरनेट प्रयोगकर्ताको कूल संख्यामा इन्टरनेट सेवा प्रदायकका मात्रै २९ लाख ६८ हजार ग्राहक छन् । बाँकी नेपाल टेलिकमका ग्राहक जम्मा ३५ हजार तीन सयको हाराहारीमा छन् । कुल ३० लाख तीन हजार प्रयोगकर्ता मध्ये वर्ल्डलिंकको मात्रै १५ लाख २२ हजार पाँच सय भन्दा बढी छ । जुन कुल प्रयोगकर्ताको ५३.९३ प्रतिशत हो ।

प्रयोगकर्ताको संख्या ३० लाख तीन हजार भन्दा बढी भएतापनि कम्पनीहरुको फाइबर इन्टरनेट जडान गर्ने ग्राहकसंख्या नै पाँच लाख ७८ हजार पाँच सय छ । एक कनेक्सनमार्फत ४.८८ जना प्रयोगकर्ताले इन्टरनेट प्रयोग गर्ने प्राधिकरणको मापदण्डका आधारमा कूल प्रयोगकर्ताको संख्या गणना हुँदै आएको छ । जसले इन्टरनेको पहुँच धेरैमा पुगेको देखिन्छ ।

ग्राहकको हिसाबले भने फाइबर इन्टरनेटको ग्राहक जम्मा पाँच लाख ७८ हजार पाँच सयको हाराहारीमा छन् । त्यसमा पाँच लाख ७१ हजार दुई सय ६७ इन्टरनेट सेवा प्रदायकका रहेकाेमा वल्र्डलिंकको मात्रै तीन लाख १२ हजार रहेका छन् । त्यसबाहेक नेपाल टेलिकमको फाइबर ग्राहक संख्या जम्मा सात हजार दुई सय २९ मात्रै छ ।

एफटीटीएच ग्राहक संख्याको हिसाबले दोस्रो ठुलो इन्टरनेट सेवा प्रदायक कम्पनीमा भायनेट कम्युनिकेशन प्राली रहेको छ । उसको ग्राहकसंख्या हाल ७३ हजार ९ सय छ । भायनेटले नेपालमा आफ्नो सेवा सुरु गरेदेखि नै ग्राहकलाई फाइबरमार्फत सेवा दिन थालेका हो ।

एफटीटीएच ग्राहक संख्या ४२ हजार दुई सयको हाराहारीका साथ सुबिसु केबल नेट प्राली आइएसपीमा तेश्रो स्थानमा छ । त्यस्तै अर्को सेवा प्रदायक क्लासिक टेकको फाइबर ग्राहक संख्या ४० हजार सात सय रहेका छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३