close

अमेरिकाको चाहना विपरीत जर्मनीले हुवावेका फाइभ जी उपकरणमा प्रतिवन्ध नलगाउने

टेकपाना टेकपाना

असोज २८, २०७६ १७:६

अमेरिकाको चाहना विपरीत जर्मनीले हुवावेका फाइभ जी उपकरणमा प्रतिवन्ध नलगाउने

जर्मनीले फाइभ जी उपकरणमा हुवावेलाई प्रतिबन्ध नलगाउने भएको छ । अमेरिकाको आग्रहका बावजुद पनि जर्मनले हुवावेलाई फाइभ जी उपकरणमा प्रतिबन्ध नगर्ने देखिएको छ ।

जर्मनी हाल नयाँ ‘सेक्युरीटी क्याटलग’तयारीको क्रममा रहेको छ । जुन यसै हप्ताको अन्तमा जारी हुने आशा गरिएको छ । उक्त क्याटलगमा हुवावेलाई मोवाइल उपकरण आपूर्ति गर्नबाट बञ्चित गर्ने खालको कुनैपनि विषयवस्तु उल्लेख नगरिएको रोयटर्सको रिपोर्टमा उल्लेख छ ।

अमेरिकाले यस वर्षको सुरुवातमा सुरुक्षाको विषयलाई लिएर हुवावेका मोबाइल उपकरण आपूर्तिमा रोक लगाएको थियो । हुवावेले आफ्नो उपरकणमार्फत चीनका लागि जासुसीको काम गरिरहेको भन्दै अमेरिकाले लगाएको प्रतिवन्ध अझै कायम छ । त्यतिमात्र नभएर अमेरिकाले आफ्नो देशका कम्पनीहरुलाई हुवावेसँग व्यवसाय गर्न समेत रोक लगाएको थियो । यो मुद्धा हाल अदालतमै विचाराधीन अवस्थामा छ ।

तर, अमेरिकाले आफ्नो देशमा प्रतिवन्ध लगाएसँगै युरोपमा समेत हुवावेलाई प्रतिवन्ध हुन सक्ने अनुमान गरिएको थियो । सोहि अनुसार बेलायत, अष्ट्रेलिया, भारत लगायतका देशले पनि हुवावेको फाइभजी उपकरण आपूर्तिमा रोक लगाएका थिए । तर, अमेरिकाको दाबावका बावजुद जर्मनीले भने हुवावेको मोबाइल उपकरण आपूर्तिमा रोक नलगाउने देखिएको छ ।
यद्यपी, जर्मनीको उक्त सेक्युरीटी क्याटलगमा सुरक्षाको विषयलाई भने महत्वका साथ राखिएको छ । क्याटलगमा उपकरण आयात गर्दा अपनाउनु पर्ने सुरक्षाको विषयमा कडा प्रावधान राखिएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३