close

आविस्कार केन्द्र आजदेखी औपचारिक उद्घाटन, यस्ता छन महाविरको केन्द्रमा बनेका प्रविधि

टेकपाना टेकपाना

कात्तिक १, २०७६ १७:३६

आविस्कार केन्द्र आजदेखी औपचारिक उद्घाटन, यस्ता छन महाविरको केन्द्रमा बनेका प्रविधि

राष्ट्रिय आविष्कार केन्द्र आजबाट उद्घाटन गरिएकाे छ । शुक्रबार काठमाण्डौको कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय परिसरमा निर्माण गरिएको राष्ट्रिय आविष्कार केन्द्रको उद्घाटन गरिएको हो । केन्द्रकाे उद्घाटन वैज्ञानिक तथा सामाजिक अभियन्ता महावीर पुनले गरे ।

नेपालको ग्रामीण क्षेत्रमा इन्टरनेट सेवा सञ्चालनमा ल्याएका वैज्ञानिक पुनको नेतृत्वमा राष्ट्रिय आविष्कार केन्द्र स्थापना भएको छ । सरकाले त्रिभुवन विश्वविद्यालय परिसरमा उपलब्ध गराएको जग्गामा आजबाट केन्द्र सञ्चालनमा आएको हो । केन्द्र स्थापनाको लागि करिब ८ करोड रुपैयाँ लागेको छ । ‘केन्द्रको लागत करिब ८ करोड पुगको छ,’ पुनले भने, ‘उक्त रकम नेपाली र विदेशीहरुको सहयोगमा संकलन गरिएको हो ।

केन्द्रको स्थापना सँगै पुनको सपनाले एउटा रुप लिएको । पुन भन्छन, ‘यो मैले देखेको तर हामीले हाम्रो देशकालागि साकार गरेको सपना हो । यो आजको दिनसम्म आइपुग्न सहयोग गर्ने सबैको सपना हो । त्यो भन्दा पनि महत्वपूर्ण देश बनाउन युवाले देखेको सपना हो ।’

केन्द्रले नयाँ सोच भएका युवाहरुलाई उद्यमी बनाउन, उनिहरुको परिकल्पना लाई आकार दिन, उनिहरुले उत्पादन गरेको बस्तुहरुको उत्पादन गरेर व्यापार गर्न आवश्यक सहयोग गर्नेछ । साथै उनिहरुलाई मेन्टर जसको मुख्य उदेश्य भनेको देशको आर्थिक विकासमा मद्धत पुर्याउनु नै हो ।

पुनका अनुसार केन्द्रमा हाल २० वटा प्रोजेक्ट सञ्चालनमा आएका छन । त्यसका साथै कृषि, शिक्षा, स्वास्थ्य र प्रविधिका क्षेत्रमा अनुसन्धानको काम भइरहेको छ । जसमा मेडिकल ड्रोन, टेलिमेडिसिन, बसकाे टिकट काट्ने अनलाइन प्रविधि, बायोमेडिकल लगाएतका परियोजना रहेको छ । यसका साथै केन्द्रले चितवनमा कुखुराको दाना र माछा पालनका लागि काम गरिरहेको छ ।

नेपालको सीमासँग जोडिएकाे छिमेकी मुलुकको प्रदेश सरकारले कलेज तथा विश्वविद्यालयहरुमा मोबाइल प्रतिबन्ध लगाएसँगै त्यसको प्रभाव नेपालमा पर्ला कि नपर्ला अहिले नै आँकलन गर्न कठीन छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३