close

१ करोड २३ लाख सिम अर्काकै नाममा ! मोबाइल नम्बर नै तपाईंको पहिचान हुने भएकाले आफ्नै नाममा गराइहाल्नुस्

टेकपाना टेकपाना

कात्तिक ३, २०७६ १४:७

१ करोड २३ लाख सिम अर्काकै नाममा ! मोबाइल नम्बर नै तपाईंको पहिचान हुने भएकाले आफ्नै नाममा गराइहाल्नुस्

तपाईंले प्रयोग गर्दै आउनु भएको सिमकार्ड कसको नाममा छ ? यदि अरुको कसैको नाममा छ भने जती सक्दो छिटो आफ्नो नाममा परिवर्तन गर्नु बुद्धिमानी हुनेछ ।

प्रधानमन्त्री केपी शर्मा ओलीका आईटी विज्ञ अस्गर अलीका अनुसार नेपालमा झन्डै ३० प्रशित व्यक्तिले अर्काको नाममा रहेको सिमकार्ड प्रयोग गरिरहेको पाइएको छ । विभिन्न दूरसञ्चार कम्पनीबाट जारी भएका सिमकार्डको संख्या ४ करोड ९ लाख रहेको अवस्थामा १ करोड २२ लाख ७० हजार सिम अर्काकै नाममा रहेको देखिन्छ ।


किन कि अब तपाईंको सिमकार्ड नै तपाईंको सम्पत्ति हुने छ । सरकारले ल्याउन लागेको नागरिक एप र राष्ट्रिय परिचय पत्र प्रत्यक्ष रुपमा तपाईंको सिमकार्डसँग जोडिने छ ।

प्रधानमन्त्रीका आईटी विज्ञ अस्गर अलीका अनुसार सरकार सार्वजनिक सेवालाई मोवाइलमा आधारित बनाउने तयारीमा छ । त्यतिमात्रै नभएर सरकाले ल्याउन लागेको नेशनल आईडीको चिपलाई पनि सीमसँग जोडर काम गर्ने योनजा बनाएको छ ।

त्यसको अथेन्टीकेशन तथा प्रमाणीकरणका लागि कुनै न कुनै माध्यमको आवश्यक पर्ने भएकाले हामीले सीमा कार्डलाई रोजेका छौं, उनले भने । त्यसैले आफुले प्रयोग गरिरहेको सिमकार्ड आफ्नै नाममा गराउनुपर्ने बाध्यता मोबाइल प्रयोगकर्तालाई हुनेछ ।

अहिले प्रायः जसो सबैको हातहातमा सिमकार्ड छ । त्यसलाई नै राष्ट्रिय परिचयपत्र प्रमाणीकरणको आधार बनाउने सरकारको छ। एक व्यक्तिको एक सिमकार्ड नागरिक एपसँग जोडिन्छ, त्यो आफ्नै हुन जरुरी हुने आईटी विज्ञ अलीले बताए ।

त्यसैले नै नागरिक एपको पहिलो कामको रुपमा हामीले सिमकार्ड आफ्नै नाममा बनाउन सुचना जारी गरेका हौँ, उनले भने ।

अर्काको नाममा रहेको सिमकार्ड चलाउनुलाई नै गैरकानूनी नभए पनि व्यवहारिक रुपमा समस्या आउने भएकाले आफ्नो नामको सिमकार्ड आफैले प्रयोग गरौं भनीएको हो अलीको भनाई छ । उनका अनुसार सरकारी सेवा सुविधा सबै नागरिक एपमार्फत हेर्न मिल्ने र पहुँच बनाउन सकिने गरी एपको निमार्ण गरिरहेको छ ।

उक्त एपमा व्यक्ति स्वयम् हो वा होइन भनेर जान्नको लागि सिमकार्ड प्रयोग गरिनेछ । यसको अर्थ अब व्यक्तिको पहिचान भनेकै उसको नाममा रहेको मोवाईल नम्बर नै हो । त्यसैले पनि सिमकार्ड आफ्नो नाममा परिवर्त गर्नुपर्ने छ ।

मोबाइल नम्बर फेरिरहने प्रयोगकर्ताको विषयमा के हुन्छ रु भन्ने प्रश्नमा अलि भन्छन्, त्यसको लागि पनि हामीले वैकल्पीक माध्ययम अपनाएका छौं । त्यो ईमेले अकाउण्ट तथा अन्य कुनै माध्ययम हुन सक्छ ।

नेपाल दूरसञ्चार प्राधिकरणका प्रवक्ता मिन प्रसाद अर्याल सेवा प्रदायकलाई आफ्ना ग्राहकलाई जानकारी दिन निर्देश दिइसकेको बताउँछन् । त्यसमा पहिले आफुले प्रयोग गरेको सिमकार्ड तपाईंको नाममा छ की छैन भनेर जाँच्न लगाउन अनी नभएको खण्डमा आफ्नो नाममा ल्याउन भनिएको छ ।

नेपाल टेलिकमका प्रयोकर्ताले Scode टाइप गरी 1415 म्यासेज गरेर तथा एनसेलका प्रयोगकर्ताले *9966# डायल गरी आफूले चलाइरहेको सिमकार्ड कसको नाममा रहेको छ भन्ने जानकारी लिन सक्छन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३