close

‘अल्फाबेट’ बन्यो विश्वकै उत्कृष्ट रोजगारदाता, पछ्याउँदै माइक्रोसफ्ट

टेकपाना टेकपाना

कात्तिक ४, २०७६ १०:४८

‘अल्फाबेट’ बन्यो विश्वकै उत्कृष्ट रोजगारदाता, पछ्याउँदै माइक्रोसफ्ट

गुगलको प्यारेन्ट कम्पनी अल्फाबेट लगातार तेस्रो पटक विश्वकै उत्कृष्ट रोजगारदाता कम्पनी बन्न सफल भएको छ । फोर्ब्सले हालै सार्वजनिक गरेको ‘ग्लोबल २०००’ सूचीमा अल्फाबेटले यो स्थान कायम राखेको हो ।
सूचीको उत्कृष्ट पाँचमा आइटी कम्पनीकै दबदबा छ ।

अल्फाबेटलाई पछ्याउँदै सफ्टवेयर निर्माता माइक्रोसफ्टले सूचीमा दोस्रो स्थान हासिल गरेको छ । ओपन सोर्स सफ्टवेयर रेड ह्याट तेस्रो हुँदा एप्पल चौथो स्थानमा परेको छ । अर्को सफ्टवेयर सेवा प्रदायक स्याप पाँचौं स्थानमा छ ।

उत्कृष्ट कम्पनी छनोटको आधार तयार गर्न करिब १४ लाख सुझाव तथा क्षेत्रीय सर्वेक्षणको प्रयोग गरिएको फोर्ब्सले जनाएको छ । यसबाहेक सम्बन्धित कम्पनीमै काम गर्ने कामदारलाई आफ्नो कम्पनीको रेटिङ गर्न लगाइएको पनि फोर्ब्सले उल्लेख गरेको छ ।

सर्वेक्षणमा कम्पनीसँग स्म्बन्धित अन्य विषयलाई भने नसमेटिएको पनि प्रष्ट उल्लेख छ । अर्थात गुगलकै कर्मचारीले कम्पनीले गरेको असमानता तथा लैंगिक विभेद सम्बन्धी आन्दोलनको विषयलाई यसमा प्रयोग गरिएको छैन ।

उत्कृष्ट कम्पनी बनेको अल्फाबेट अन्तर्गत हाल करिब १० हजार कर्मचारी कार्यरत छन् । यसको बजार मूल्य करिब ८ खर्ब ७० अर्ब डलर मूल्याकंन गरिएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३