close

नेपाली यूवालाई रोजगारी दिन फ्युज मेसिनमा डोल्मा इम्प्याक्ट फण्डको साढे २२ करोड लगानी

टेकपाना टेकपाना

कात्तिक ६, २०७६ १३:५३

नेपाली यूवालाई रोजगारी दिन फ्युज मेसिनमा डोल्मा इम्प्याक्ट फण्डको साढे २२ करोड लगानी

कृतिम बाैद्धिकता (आर्टिफिसियल इन्टेलिजेन्स-एआई) को क्षेत्रमा खोज तथा अनुसन्धान गरिरहेका वैज्ञानिक डा. समीर मास्केको कम्पनीमा ‘डोल्मा इम्प्याक्ट फण्ड’ले लगानी गर्ने भएको छ । अमेरिकामा स्थापना भई हाल नेपाल, डोमिनिकन रिपब्लिक लगायतका मुलुकमा विस्तार भइसकेको ‘फ्युज मेसिन’मा फण्डले दुई मिलिनय अमेरिकी डलर अर्थात २२ करोड ६४ लाख रुपैयाँ लगानी गर्ने भएको हो ।

कम्पनीको एआईको प्रजातान्त्रिकरण अभियानलाई विश्वव्यापीकरण गर्ने कार्यका लागि लगानी उपयोग गरिने जनाइएको छ । जसअनुसार धेरैभन्दा धेरै नेपाली यूवाहरूलाई शिक्षित बनाउने तथा राेजगारीमा लगाउने उद्देश्य समेत राखिएको छ ।

फण्डले नेपाली कम्पनीहरूको विकासका लागि पूँजी र दक्ष जनशक्तीको क्षेत्रमा सहयोग गर्दै आएको छ । नेपालको निजी क्षेत्रमा दीगो राेजगारीका अवसर सिर्जना गर्न र प्रत्यक्ष विदेशी लगानी प्रवर्द्धन गर्ने उद्देश्यले फण्डको स्थापना गरिएको हो ।

 

पछिल्लो अध्यावधिक: जेठ २३, २०८० १३:१