close

आइफोनको सस्तो मोडल सार्वजनिक हुने खुलासा

टेकपाना टेकपाना

कात्तिक ६, २०७६ १५:५७

आइफोनको सस्तो मोडल सार्वजनिक हुने खुलासा

एप्पलले अबको केही महिनामै आइफोनको सस्तो मोडल सार्वजनिक गर्ने भएको छ । एप्पलका विभिन्न प्रोडक्टहरुको खुलासा गरेर नाम कमाएकी मिन ची कुवोले यसको खुलासा गरेका हुन् । उनका अनुसार कम्पनीले २०२० को सुरुवातमै सस्तो आइफोनको मोडल सार्वजनिक हुने छ ।

एप्पलले आइफोन एसई टू नाम दिएर सस्तो आइफोन सार्वजनिक गर्न लागेको हो । यसअघि कम्पनीले आइफोन एसई नाम दिएर सस्तो मोडलको आइफोन सार्वजनिक गरेको थियो जुन बिक्रीका हिसाबले सफल सावित भइदियो ।

उक्त आइफोनमा डिस्प्लेको लागि एप्पलले एलजीलाई जिम्मा दिएको छ । मिच चीको दाबी अनुसार आइफोनको मूल्य अमेरिकी बजारमा करिब ५ हजार नेपाली रुपैयाँ बराबर हुनेछ ।

यसको डिजाइन आइफोन एटको जस्तो हुने दाबी खुलासामा गरिएको छ । यसको डिस्प्ले ४.७ ईन्चको हुनेछ भने टच आइडी बटम रहनेछ । यसमा आइफोन एलेभेनमा प्रयोग गरिएको ए थर्टी बायोनिक चिप प्रयोग हुनेछ । यो ६४ जिबी र १ सय २८ जिबी स्टोरेजको विकल्पसहित सार्वजनिक हुने दाबी गरिएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३