close

जिमेलको डार्क मोड एन्ड्रोइड र आईओएसमा, यसरी गर्नुहोस् एक्टिभ

टेकपाना टेकपाना

कात्तिक ७, २०७६ १५:१३

जिमेलको डार्क मोड एन्ड्रोइड र आईओएसमा, यसरी गर्नुहोस् एक्टिभ

जीमेलको डार्क मोड एन्ड्रोइड र आईओएसमा उपलब्ध भएको छ । यो सँगै प्रयोगकर्ताले जीमेल डार्क मोडमा प्रयोग गर्न पाउने भएका छन् ।

गुगलका अनुसार एन्ड्रोइड १० र आईओएस १३ का प्रयोगकर्ताले अब जीमेलको डार्क मोड प्रयोग गर्न पाउने छन् । केही समयको अन्तरालमा सबैतिर लागु गर्ने गरी सुरु गरिएको यो सुविधा हाललाई भने केहि ठाउँमा मात्र उपलब्ध गराइएको छ । हाल उपलब्ध नभएका स्थानमा समेत प्रयोगकर्तालाई ‘चाँडै आउँदै छ’ भनी गुगलको म्यासेज देखिने छ ।

जीमेलको डार्क मोडको हाल विश्वभरि निकै ठुलो माग भइरहेको छ । फेसबुक म्यासेन्जरको जस्तै जीमेलले पनि डार्क मोड उपलब्ध गराउने समाचार आएसँगै धेरै प्रयोगकर्ताहरु यसको पर्खाइमा छन् । मोबाइल ब्याट्री बचत गर्नुका साथै रातको समयमा आँखालाई असर नगर्ने भएकाले डार्कमोडको आवश्यकता महसुस गरिदै आएको छ ।

यसअघि गुगलले एन्ड्रोइड पाई अपडेटमा पहिलो पटक जीमेलको डार्क मोड उपलब्ध गराएको थियो । जुन सबै तिर उपलब्ध गराइएको थिएन । तर, अब भने एन्ड्रोइड १० प्रयोगकर्ता सबैले केही समयको अन्तरालमा डार्क मोडको मज्जा लिन पाउने छन् । साथै आईओएसको नयाँ भर्सन प्रयोग गर्ने ग्राहकले पनि जीमेलको डार्क मोड प्रयोग गर्न पाउने छन् ।

एन्ड्रोइड १० मा डार्क मोड अन गर्ने तरिका

  • सुरुमा जीमेलको बाँया पट्टी माथी कुनामा रहेको ‘ह्यामवर्गर’ ट्याव क्लिक गर्नुहोस् ।
  • त्यसको अन्त्यमा ‘सेटिङ’ रहेको छ । त्यसमा क्लिक गर्नुहोस् ।
  • सेटिङभित्र ‘जेनरल सेटिङ’ रहेको छ । त्यहाँ क्लिक गर्नुहोस् ।
  • जेनरल सेटिङ को सुरुमै ‘थीम अप्सन’ रहेको छ ।

त्यहाँ ‘डार्क मोड’ छ । त्यसमा क्लिक गर्नुहोस् । यदि तपाइंले यसअघि नै डार्क थिम सेट गर्नु भएको छ भने सिस्टम डिफल्ट हुनेछ । सिस्टम डिफल्टमा क्लिक गर्नुहोस् ।

एन्ड्रोएड सिस्टम डिफल्ट भएको एन्ड्रोएड १० मा डार्कमोड अन गर्ने तरिका

  • डिफल्ट सिस्टम स्वचालित रुपमा ग्रहण गर्ने एप्समा डार्कमोड अन गर्ने यसो गर्नुहोस् ।
  • सेटिङमा भित्र डिस्प्लेमा क्लिक गर्नुहोस् ।
  • त्यसको अन्त्यतिर डार्क मोड रहेको छ । त्यसलाई अन गर्नु होस् ।

आईओएस १३ मा डार्क मोड अन गर्ने तरिका

यदि तपाईंले आफ्नो आईओएस १३ भर्जनको डिभाइसमा सिस्टमबाट डार्क मोड (मोवाइलको सेटीङमा गएर डिस्प्ले एण्ड ब्राइटनेसमा गएर डार्क ) अन गर्नु भएको छ भने गुगलले अपडेट पठाउने बित्तिकै स्वतः तर्पांइको जीमेलमा डार्क मोड लागु हुनेछ । यदि तपाईं आईओएस १३ को लाईट भर्जन प्रयोग गरिरहनु भएको छ भने जीमेलको डार्क मोड अन गर्नको लागि तपाईंले उल्लेखित तरिका अपनाउन सक्नु हुनेछ ।

  • सुरुमा जीमेलको बाँया साइडको माथी कुनामा रहेको ‘ह्यामवर्गर ट्याव’ क्लिक गर्नुहोस् ।
  • त्यसको अन्त्यमा ‘सेटिङ’ रहेको छ । त्यसमा क्लिक गर्नुहोस् ।
  • ”थीम अप्सन’मा क्लिक गर्नु होस् ।
  • ”डार्क’ मा क्लिक गर्नुहोस् ।

यो सँगै तपाईले जीमेलमा डार्क मोडको मज्जा लिन सक्नु हुनेछ । गुगलका अनुसार आइओएस ११ र १२ का प्रयोगकर्ताले जीमेलको सेटिङमा गएर डार्क मोड सेलेक्ट गरेर डार्क प्रयोग गर्न सक्नेछन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३