close

वर्ल्डलिंकले भित्र्यायो १ अर्ब ३५ करोड विदेशी लगानी

टेकपाना टेकपाना

कात्तिक ७, २०७६ १७:५१

वर्ल्डलिंकले भित्र्यायो १ अर्ब ३५ करोड विदेशी लगानी

नेपालकै सबैभन्दा ठूलो इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंक कम्युनिकेशन लिमिटेडले १२ मिलियन डलर अर्थात एक अर्ब ३५ करोड रुपैयाँ विदेशी लगानी भित्र्याएको छ । बेलायतको विकास वित्त संस्था सीडीसी ग्रुपले वर्ल्डलिंकमा उक्त लगानी गरेको हो ।

यससँगै वर्ल्डलिंक इन्टरनेट सेवाको क्षेत्रमा विदेशी भित्र्याउने पहिलो कम्पनी बनेको छ । प्राप्त विदेशी लगानीलाई वर्ल्डलिंकले देशका अति विकट गाउँहरूमा उच्चस्तरीय इन्टरनेट पुर्‍याउन सदुपयोग गर्ने जनाएको छ । नेपालभर इन्टरनेट सेवा विस्तार गर्ने वर्ल्डलिंककाे महत्वाकांक्षी योजनामा साथ दिने गरी  बेलायत सरकारको स्वामित्वमा रहेको सीडीसीले उक्त लगानी गरेको हो । इक्वीटीको रुपमा लगानी गरेको सीडीसीलाई १० प्रतिशत शेयर बिक्री गरिएको छ ।

सीडीसीका अनुसार देशका अधिक दुर्गम क्षेत्रहरूका हजारौं घरपरिवार र साना उद्यमीहरूलाई इन्टरनेटमा जोड्न आफ्नो लगानीले सहयोग पुर्‍याउने विश्वास व्यक्त गरेको छ ।  ‘एशियाका अन्य मुलुकको तुलनामा नेपालमा डिजिटल सेवाको पहुँच कम रहेको छ,’ सीडीसीले भनेको छ, ‘जसले देशका अधिकांश समुदायहरु र व्यवसायको विकास हुन सकेको छैन । त्यसैले सर्वसुलभ र गुणस्तरीय इन्टरनेटमा सर्वसाधरणको पहुँच सुधार गरी नेपालको विकास र आर्थिक बृद्धिमा समेत हाम्रो लगानीले मद्दत पूग्ने विश्वास उसल् व्यक्त गरेको छ ।

‘समुदायलाई गरिबीबाट मुक्त गर्न सहयोग पुर्‍याउने कार्यमा इन्टरनेट सेवाले पुलको रुपमा काम गर्ने छ भन्नेमा हामी विश्वस्त छौं,’ सीडीसीका प्रबन्ध निर्देशक तथा एसिया प्रमुख श्रीनि नागराजनले भने, ‘नेपालभर इन्टरनेटको उपयोगिताले मझौला तथा साना उद्योगहरूलाई विश्व व्यापार र बजारमा पहुँच पुर्‍याउन मद्दत गर्नेछ भन्ने हाम्रो मान्यता हो ।’ सीडीसीको पूँजीले यसलाई छिटो छरीतो र विश्वस्तरिय बनाउन, यसलाई अझ टाढाका क्षेत्रहरूमा सेवा पुर्‍याउन मद्दत गर्ने र कर्मचारीको वृद्धि विकासमा समेत मद्धत पुग्नेछ नागराजनले बताए ।  

वल्र्डलिंकका प्रबन्ध निर्देशक दिलीप अग्रवालले सीडीसीका लागि नेपालकाे पहिलो शेयर लगानीको साझेदार हुन पाएकोमा यतिबेला गौरव अनिभुती गरिरहेको र आफूप्रतिको विश्वासलाई कमजोर हुन नदिने प्रतिवद्धता व्यक्त गरे । ‘यो हाम्रो २४ बर्षको मेहनत तथा नेपालको इन्टरनेट र टेलिकम उद्योगप्रतिको विश्वास पनि हो,’ उनले भने, ‘सीडीसीले हामीप्रति देखाएको हार्दिकताले अब वर्ल्डलिंकको लक्ष विश्वस्तरीय कम्पनीमा रूपान्तरण हुने नै हो ।’

वर्ल्डलिंकले हाल आठ हजार किलो मिटर फाइबर विच्छ्याई देशका दुर्गम ठाउँसम्म इन्टरनेट सेवा पुर्‍याउन सफल भएको छ । त्यस्तै वर्ल्डलिंकले सरकारी अनुदान योजनामामार्फत फाइबर विस्तारको काम पनि गरिरहेको छ । यसैबीच नयाँ लगानीले आफ्नो स्वा विस्तारलाई अझ प्रभावकारी बनाउन मद्दत  पुग्ने अग्रवालले बताए । उनका अनुसार यो साझेदारीले कम्पनीको ‘जहाँ पनि जहिले पनि जोडन सक्ने’ उद्देश्यलाई पुरा गर्न थप उत्साह भरिदिएको छ ।

डीएफआईडी नेपालका कार्यालय प्रमुख लीसा होनले ग्रामीण नेपालमा भरपर्दो इन्टरनेट पहुँचका फाइदाहरू असीमत रहेको बताए । सीडीसी समूह र वर्ल्डलिंक बीचको यो नयाँ पहलले नेपालमा सुधारिएका स्वास्थ्य सेवा, शिक्षा, सूचनामा पहँचु र वित्तीय सेवाको पहुँच र मानिस र व्यवसाय बीचको सम्बन्धमा पविर्तन ल्याउन मद्दत गर्ने उनको भनाई छ । ‘यस वर्षको शुरुमा तीन बर्षको लागी एनएमबी बंकैलाई सीडीसीले १५ मिलियन अमेरिकी डलर ऋण सहयोग प्रदान गरेको थियो,’ उनले भने, ‘त्यसपछि अहिले वल्र्डलिंकमा लगानी गर्ने अवसर मिलेको छ ।’

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३