close

एटिएम कार्ड आकारको कम्प्युटरबाटै नासामाथि साइबर आक्रमण !

टेकपाना टेकपाना

कात्तिक १४, २०७६ १०:३२

एटिएम कार्ड आकारको कम्प्युटरबाटै नासामाथि साइबर आक्रमण !

अमेरिकाको अन्तरिक्ष सम्बन्धि अनुसन्धान गर्ने संस्था नासामाथि साइबर आक्रमण भएको छ । रास्पबेरी कम्प्युटर पीआईको माध्ययमबाट उक्त आक्रमण भएको जनाइएको छ ।

आक्रमणबाट नासाको एउटा मुख्य मिसन प्रणालीबाट ५ सय एमबी तथ्याङ्क चोरी भएको छ । अनौठो कुरा यो छ कि विगत १० महिनादेखि मूख्य सिस्टममा ह्याकर घुसेको नासाले पत्तै पाएको थिएन ।

यो सुरक्षा कमजोरीबीच ह्याकरले २३ फाइल चोरी गर्न सफल भएका छन् । त्यसमध्ये अन्तरराष्ट्रिय हातहतियार कारोबार नियमन सम्बन्धि सूचना राखिएका दुई फाइल समेत रहेको बताइएको छ । जसको सहायतामा अमेरिकाले सैन्य र अन्तरिक्ष प्रविधि हस्तान्तरणलाई नियन्त्रण समेत गर्ने गरेको थियो ।  

रोचक कुरा त के छ भने जम्मा ३६ अमेरिकी डलर अर्थात चार हजार रुपैयाँ मूल्य पर्ने क्रेडिटकार्ड जत्रो कम्प्युटरको सहयोगमै ह्याकरले यो सब गर्न सफल भएका छन् ।  

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३