close

माइक्रोसफ्टको नयाँ प्रयोग : हप्तामा ३ दिन बिदा, ४० प्रतिशतले बढ्यो उत्पादकत्व

टेकपाना टेकपाना

कात्तिक १९, २०७६ ११:४५

माइक्रोसफ्टको नयाँ प्रयोग : हप्तामा ३ दिन बिदा, ४० प्रतिशतले बढ्यो उत्पादकत्व

नेपालमा हप्तामा एक दिन बिदा हुन्छ । अमेरिकी र प्रायः युरोपेली मुलुकमा हप्तामा दुई दिन बिदा हुने गर्छ । अझ नेपालमा त झन् बिदा बढी भएको भन्दै सरकारले बिदा कटौतीको नीति लागू गरिरहेको छ ।

तर विश्वकै चर्चित सफ्टवेयर कम्पनी माइक्रोसफ्टले भने हप्ताको दुई दिनको बिदालाइ बढाएर तीन दिन बनाउदा कर्मचारीको उत्पादकत्व झन् बढेको जनाएको छ । माइक्रोसफ्टको जापानस्थित सहायक कम्पनीले हालै मात्र हप्तामा चार दिन मात्र काम गर्दा उत्पादकत्व ४० प्रतिशतले बढेको तथ्य सार्वजनिक गरेको हो ।

ब्यक्तिको काम र नीजी जीवनको सन्तुलन तथा उत्पादकत्व बढाउने उद्देश्यले माइक्रोसफ्टले परीक्षणका रुपमा सुरु गरेको ‘वर्क लाइफ च्वाइस च्यालेन्ज २०१९ समर’ परियोजनाको एउटा पक्षका रुपमा गरिएको सर्वेक्षणले यस्तो तथ्य पत्ता लगाएको हो ।

सर्वेक्षणका क्रममा माइक्रोसफ्टको जापानस्थित कार्यालयमा अगस्ट महिनाभर शुक्रबारदेखि आइतबारसम्मका लागि बिदा दिइएको थियो । यसो गर्दा उत्पादकत्व अघिल्लो बर्षको अगस्टको तुलनामा ३९.९ प्रतिशतले बढेको पाइयो । त्यतिन्जेल पुर्णकालिन कर्मचारीलाई तलबसहितको बिदा दिइएको थियो ।

कम्पनीले यस परियोजनाको अर्को पाटोका रुपमा मिटिङको संख्या पनि घटाएको थियो । त्यतिमात्र हैन मिटिङको संख्या बढीमा ३० मिनेट राखियो अनि ग्रामिण क्षेत्रको सञ्चारमा कर्मचारीलाई बढी जोड दिइयो ।
हप्तामा चार दिन मात्र काम गराउने माइक्रोसफ्ट आफैमा पहिलो कम्पनी भने होइन ।

त्यसअघि न्युजील्यान्डको रियल इस्टेट डिजाइन गर्ने कम्पनी पर्पेचुअल गार्डेनले पनि हप्तामा चार दिन मात्र काम गर्ने नियम लागू गरेको थियो । यस्तो नियमले कर्मचारी र कम्पनी दुवैलाइ फाइदा भएको यसका सस्थापक एन्ड्रु बार्नसले बताएका थिए ।

यसअघि भएका अध्ययनले पनि विश्वभर कम कार्यालय समय दिनको माग बढेको उल्लेख गरेका छन् । माइक्रोसफ्टले तीन दिन बिदा दिदा यस्को विध्युत खपत मात्र घटेन कागज प्रीन्टमा पनि ५८.७ प्रतिशतले कमि आयो ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०