close

फाइभजीमा सहकार्य गर्नेगरी ओप्पो र एरिक्सनको संयुक्त ल्याब सञ्चालनमा

टेकपाना टेकपाना

कात्तिक १९, २०७६ १८:४७

फाइभजीमा सहकार्य गर्नेगरी ओप्पो र एरिक्सनको संयुक्त ल्याब सञ्चालनमा

मोबाइल कम्पनी ओप्पो र सूचना तथा सञ्चार प्रविधि सेवा प्रदायक कम्पनी एरिक्सनले संयुक्त रुपमा फाइभजी ल्याबोरेटोरी सञ्चालनमा ल्याएका छन् । यो सहकार्यसँगै फाइभजीको क्षेत्रमा ठुलो सफलता हात पार्ने अपेक्षा गरिएको छ ।

यसमार्फत दुई कम्पनीले एकअर्कासँग अत्याधुनिक फाइभजी प्रविधि आदान प्रदान गर्ने तथा फाइभजी उत्पादन तथा नेटवर्क परफरमेन्स सुदृढ बनाउन सहकार्य गर्ने बताइएको छ । ‘एरिक्सनसँग फाइभजी ज्वाइन्ट ल्याब सञ्चालनमा ल्याउन पाउँदा हामी निकै उत्साहित छौँ,’ ओप्पोका भीपी तथा सफ्टवेयर ईञ्जिनियरिङका अध्यक्ष एण्डि वुले भने, ‘यो पहलले एरिक्सनको फाइभजी नेटवर्क तथा पूर्वाधार प्रविधि र यसको विश्वव्यापी सञ्जाललाई ओप्पोको अनुभव र फाइभजी विकास, प्रविधि र प्रयोगको विशेषज्ञताले अझ अघि लान सक्ने छ ।’ यस क्षेत्रमा विद्यमान तथा फाइभजी यूगमा आउन सक्ने चुनौती तथा अवसर आत्मसाथ गर्दै विश्वभरका उपभोक्तासम्म फाइभजीका परिस्कृत उत्पादन तथा अनुभव पस्कने उनले बताए ।

‘रणनीतिक दृष्टिकोणले यो साझेदारी ओप्पो र एरिक्सन दुबैका लागि निकै महत्वपूर्ण छ । दूबै कम्पनीको क्षमतामा थप तिब्रता ल्याई नयाँ प्रयोग सम्भावना तथा उपभोक्ताका लागि उपयोगिता थप्दै बजारमा यसले फाइभजी ईकोसिस्टमको विविधतामाथि उल्लेख्य योगदान पुर्‍याउन सहयोग मिल्ने छ’, एरिक्सनका उपाध्यक्ष तथा नेटवर्क फर नर्थ ईस्ट एसिया हेड लुका ओर्सिनीले भने, ‘ओप्पो र एरिक्सन फाइभजी प्रविधिको विकासका लागि निकै तत्परताका साथ सहकार्य गरिरहेका छन् । फाइभजी यूगमा गहिरो सहकार्यका लागि बलियो जग बसाउने सोचका साथ दूबै कम्पनीले ग्लोबल प्याटेन्ट लाइसेन्समा हस्ताक्षर गरेको हो ।’

सन् २०१८को तेस्रो त्रैमासिकदेखि नै दूबै कम्पनीले फाइभजी उत्पादनको व्यवसायिक उपलब्धताका लागि ओप्पोका ह्याण्डसेट्स तथा एरिक्सनका स्विडेन, जर्मनी र चीनका लोकल अपरेटर पार्टनर्सका फाइभजी पूर्वाधारमा संयुक्तरुपमा फाइभजी परिक्षण गरिरहेका छन् । यही बर्षको सुरुवातमा आयोजित एमडब्लयूसी २०१९ मा ओप्पो र एरिकसनले संयुक्तरुपमा अवलोकनकर्ताका लागि फाइभजी समार्टफोन र क्लाउड गेमिङ सिनारियोको प्रदर्शनी पनि गरेका थिए ।

फाइभजी ईन्टेलिजेन्ट कनेक्टिभिटीको यूगमा ओप्पोले फाइभजीका लागि उत्पादनको विकास, प्राविधिक अनुसन्धान, मानक तथा प्रयोग सिनेरियोका लागि आफ्नो लगानीलाई निरन्तरता दिने तथा एरिक्सन जस्ता अग्रणी साझेदारसँग सहकार्य गर्दै फाइभजीका थप क्षमता तथा सम्भावना अध्ययन गरी विश्वभरका प्रयोगकर्ताका लागि नवप्रवर्तनात्मक लाभ उपलब्ध गराउने लक्ष्य लिइएको ओप्पोले जनाएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०