close

अरु देशले फाइभजी सुरु नगर्दै चीन सिक्सजीको तयारीमा !

टेकपाना टेकपाना

कात्तिक २१, २०७६ १२:०

अरु देशले फाइभजी सुरु नगर्दै चीन सिक्सजीको तयारीमा !

अहिले विश्वभर नै मोबाइल प्रविधिमा फोरजी चलनचल्तीमा छ । फोरजी भन्दा सयौं गुणा द्रुत हुने दाबी गरिएको फाइभजी अहिले व्यवसायिक रुपमा प्रयोगमा आउने क्रममा छ ।

चीनले गत साता मात्रै आफ्ना ५० वटा सहरमा एकसाथ फाइभजी सेवा विस्तार गरेको छ । तीन चिनियाँ टेलिकम सेवा प्रदायकले सीमित सहरमा यसको व्यवसायिक सेवा सुरु गरेका हुन् ।

आगामी वर्षमा फाइभजीलाई देशैभर विस्तार गर्ने चिनियाँ योजना छ । बेलायत, दक्षिण कोरिया र अमेरिकाले पनि केही सीमित सहरमा परीक्षणको रुपमा फाइभजी सेवा सुरु गरेका छन् ।

फाइभजीको अध्ययन र विकासमा अन्य देशको तुलनामा चिनियाँ कम्पनी निकै अघि देखिएका छन् ।

तर, फाइभजीको व्यवसायिक सेवाले व्यापकता नपाउँदै चीनले भने सिक्सजी प्रविधिको अध्ययन गर्न यसैसाता विज्ञ समिति बनाएको छ ।

चिनियाँ सरकारी समाचार संस्था चाइना न्यूजले सार्वजनिक गरेको जानकारी अनुसार चीनको प्रविधि व्यूरोले आइतबार ३७ जना विज्ञ सम्मिलित समिति बनाएको हो । 

यो समितिमा दूरसञ्चार प्रविधिका जानकारहरू छन् । सरकारले विश्वविद्यालय, सरकारी निकाय र निजी क्षेत्रका विज्ञ समेटेर समिति बनाएको हो । चीनमा अहिले प्रयोग भइरहेको फाइभजीले २ जिबीको भिडियो २० सेकेन्डमा डाउनलोड गर्न सक्छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०