close

माइक्रोसफ्टले विन्डोज सेभेनको सपोर्ट बन्द गर्ने, विन्डोज टेन प्रयोग गर्न आग्रह

टेकपाना टेकपाना

कात्तिक २१, २०७६ १६:३२

माइक्रोसफ्टले विन्डोज सेभेनको सपोर्ट बन्द गर्ने, विन्डोज टेन प्रयोग गर्न आग्रह

बहुप्रतिष्ठित सफ्टवेयर निर्माता कम्पनी माइक्रोसफ्टले आगामी जनबरी २०२० देखि विन्डोज सेभेनलाई दिने सपोर्ट बन्द गर्ने भएको छ । यसको अर्थ हो प्रयोगकर्ताले विन्डोज सेभेन प्रयोग गरिरहे पनि माइक्रोसफ्टले त्यसमा कुनै सहायता प्रदान गर्ने छैन ।

सहायता प्रदान नगर्दा विन्डोज सेभेनमा सुरक्षाको समस्या, गति सुस्त हुने समस्या देखिन सक्छ । कम्पनीले सबै विन्डोज प्रयोगकर्तालाई विन्डोज टेन प्रयोग गर्न आग्रह गरिरहेको छ ।

विन्डोज टेन माइक्रोसफ्टले २०१८ अक्टोबरमा सार्वजनिक गरेको हो । माइक्रोसफ्टले आफ्नो लोकप्रिय विन्डोज सफ्टवेयरका सबै प्रयोगकर्तालाई विन्डोज टेनमा ल्याउने योजना बनाएको छ ।

कम्पनीले विन्डोज टेन पछिको अपडेटमा कुनै सफ्टवेयर नल्याउने र विन्डोज टेनलाई आजिवन नयाँ नयाँ अपडेट दिएर सुधार्दै लैजाने घोषणा गरेको छ । विन्डोज ८.१ प्रयोगकर्तालाई भने जनबरी २०२३ सम्म सपोर्ट दिने कम्पनीले बताएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०