close

युवतीको प्रेममा परेपछि जन्मिएको ‘भाईबर’

टेकपाना टेकपाना

कात्तिक २२, २०७६ ९:४९

युवतीको प्रेममा परेपछि जन्मिएको ‘भाईबर’

त्यो दिन, सन् २०१० को डिसेम्बर २ तारिख । जुन दिन टाल्मोन मार्को, इगोर म्याग्जिनिक, ओफर सामोचा र सानी मारोलीको सपनाको बाटो कोरिएको थियो । हो, त्यहिँबाट उनिहरूले देखेको सपनाले उडान भरेको थियो । अर्थात  त्यसदिन उनिहरूले भाइबरको सुरुवात गरेका थिए ।

हो त्यहि भाईबर जुन आज एशियाली मुलुकमा सबैभन्दा लोकप्रिय छ । अझ नेपालको परिवेशमा त यो हरेक स्मार्टफोन बोक्ने नेपालीले प्रयोग गर्छन् भन्दा खासै फरक नपार्ला । त्यसैले त भाईबरको प्रमुख बजारको रुपमा नेपाल पनि एक भएको छ ।

जसमार्फत च्याट, भिडियो तथा भ्वाइस कलका साथै अन्य प्रयोगकर्तालाई विभिन्न फाइल पठाउन सकिन्छ । सुन्दा यो अहिलेको फेसबुक म्यासेन्जर, स्काईप, आईएमओ लगायतका एप्स लाग्छ । तर, यो अलि भिन्न छ । यो प्रयोगकर्ता मैत्री छ । यसमा प्रयोगकर्ताले सहज रुपमा आफ‍नो अकाउन्ट बनाउन सक्छन् भने, मोबाइलमा सेभ राखेको मोबाइल नम्बर यदि भाइबरमा कनेक्ट छ भने स्वतः रुपमा भाइबरमा जोडिन्छ । यसले साथिहरूसँग जोडिन सहज बनाएकाे ५ ।

यसलाई उच्च गतिको इन्टरनेट पनि आवश्यक पर्दैन । मोबाइल इन्टरनेट मार्फत नै प्रयोगकर्ताले भाइबरको मज्जा लिन सक्छन् । यसमा हालसम्म ६५ करोड प्रायोगकर्ता जोडिएका छन् । अझैपनि यो संख्या बढ्दो क्रममा छ ।

हाल यस कम्पनीको कार्यकारी निर्देशकको रुपमा मार्को रहेका छन् । जो भाइरबका संस्थापक मध्येका एक हुन् । जब हामी भाइबरको उत्पत्तिको कुरा गर्छाैं, त्यसमा माया जोडिएर आउँछ । किन भने भाइबरका संस्थापक मार्कोले आफू कसैको मायामा परेपछि यस्तो एप बनाउने निर्णय लिएका थिए ।

मार्को आफु अमेरिकाको न्युयोर्कमा बस्थे । अनि प्रेमीका अर्थात हालकी उनकी श्रिमती लण्डनमा बस्ने । उनिहरू आफ्नो लामो समय फोनमै बिताउँथे । उनिहरूको समय फोनमै गइरहेको थियो । समय मात्रै नभएर पैसा पनि । मार्को यसको समधान खोजीरहेका थिए । समाधानको रुपमा उनको दिमागमा भाइबरको अवधारणा आयो । तर यसलाई साकार पार्न उनलाई लगानीको आवश्यकता थियो । त्यसैले उनले अरु दुई जना साथीहरूसँग आफ्नो योजना सुनाए । साथीहरू पनि उनको योजनाबाट प्रभावित भए ।

तर, त्यसको कारण आफ्नो साथीको प्रेम सम्बन्ध भने थिएन । थियो त बजार । त्यो समयमा यस्तै खालको म्यासेजिङ एप बजारमा प्रतिस्पर्धा गरिहेका थिए । यही प्रतिस्पर्धालाई उनहिरूले अवसरको रुपमा हेरिरहेका थिए । मार्कले एक पटक भनेका पनि थिए, ‘प्रतिपर्धाले नै आविष्कार सम्भव भएको हो । यदि प्रतिशपर्धा नभएको भए सायद आज हामीले यो सफलता हात पार्न सक्ने थिएनौं ।’

यो वर्षबाट भाइरबले ‘ब्रेक थ्रु’ गरेको छ अर्थात नाफामा गएको छ । वास्तवमा मार्कले भनेजस्तै त्यो समयमा भएको प्रतिस्पर्धाले नै आजसम्मको बाटो कोरेको हो । भाइबरमा संलग्न हुनु अघि मार्को इजारायलको डिफेन्स फोर्समा प्रमुख सुचना अधिकारीको रुपमा कार्यरत थिए । इजरायलमा जन्मिएका उनी अमेरिकामा हुर्किएका हुन् । जब उनी आर्मीमा भर्ना भए, त्यतिखेर साथी म्याग्जिनिक र उनले आईमेस नामक फाइल सेयरिङ एप निमार्ण गरेका थिए ।

उनिहरुको उक्त प्रोजेक्ट सफल पनि भयो । किनभने त्यहि एपबाट भएको आम्दानीले भाइबरको सुरुवात गरिएको थियो । उनीहरू इजरायली नागरिक थिए । तर, भाइबरको मुख्यालय साइप्रसको लिमासोलमा थियो । अन्य कार्यालय बेलारुस, चीन हुँदै अन्तिममा मात्रै इजरायल खोलियो ।

यो अन्य धेरै स्टार्टअपहरू सुरुवात विपरीत थियो । भाइबरका लागि सुरुमा उद्यमको रुपमा अगाडि बढाउन आवश्यक पूँजी प्राप्त हुन सकेन । उनिहरूले परिवार र साथीहरू मार्फत पैसा संकलन गरे । केही उनीरूले निर्माण गरको फाइल सेयरिङ एपको आम्दानीबाट । स्थापनाको सुरुको दुई वर्षमा भाइबरले कुनै आम्दानी गर्न सकेन ।  यद्यपि, ती दुई बर्षको अवधिमा धेरै लगानी भने भयो । जसको प्रतिफल स्वरुप नै आज विश्व बजारमा एक शीर्ष मोबाइल म्यासेजिङ एपको रुपमा उदायो ।

विस्तारै आम्दानी पनि हुँदै गयो । त्यसका लागि उनिहरूले केहि फरक गर्न थाले । उनिहरूले भाइबर आउट कलको सुरुवात गरे। जुन उनिहरूको आम्दानीका श्रोत पनि बन्यो । अर्को ‘स्टिकर स्टोर’ सुरु भयो । यसले पनि भाइबरलाई आम्दनीमा सहज बनायो । विस्तारै राम्रो आम्दानी गर्न सफल भएको भाइबरलाई सन् २०१४ मा जापानको इलेक्ट्रोनिक्स, कमर्स एण्ड इन्टरनेट कम्पनी राकेटेनले ९ करोड अमेरीकी डलरमा खरिद गर्‍यो ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०