close

कम्प्युटरका ५ भ्रम, जसबाट आजै मुक्त हुँदा राम्रो

टेकपाना टेकपाना

कात्तिक २३, २०७६ १४:५१

कम्प्युटरका ५ भ्रम, जसबाट आजै मुक्त हुँदा राम्रो

इन्टरनेटमा तपाईं हामीले कम्प्युटरकाे विषयमा अनेक कुराहरू सुनिरहेका हुन्छौँ । यसरी भनिएका कुराहरूलाई तपाईं हामीले वास्तविक ठानेर झुक्किरहेका हुन्छौँ ।

आज हामी यहाँ तपाईंहरूलाई कम्प्युटरका केही यस्ता भ्रमहरूको विषयमा जानकारी दिन गइरहेका छौं, संभवत तपाईं पनि त्यस्ता भ्रमको पछाडि कुदिरहनु भएको हुनसक्छ । यदी, कम्प्युटरको नियमित प्रयोगकर्ता हुनुहुन्छ र कम्प्युटरमै दिनभर व्यस्त रहनुहुन्छ भने तपाईंले यी भ्रमबाट आजै मुक्त भएको राम्रो । 

इन्कग्निटो तथा प्रभाइभेट मोड

यदी आफ्नो कम्प्युटरमा इन्टरनेट ब्राउजर खोल्नुहुनछ भने, त्यहाँ तपाईंले पक्कै पनि इन्कग्निटो वा प्राइभेट मोड देख्नु भएकै होला । तपाईं हामी मध्ये कतिपयले त यसकाे प्रयोग पनि गरिरहेका हुन्छौँ ।

धेरैजसोलाई के लागिरहेकाे हुन्छ भने यो मोडमा गएर इन्टरनेट प्रयोग गर्दा आफुले हेरेका साइटहरूको विषय अरु कसैले थाहा पाउँदैनन् । यदी तपाईं पनि यस्तै सोचाइमा रहनुभएको छ भने तपाईं एउटा ठूलो भ्रममा बाँचिरहनुभएकाे छ ।

यहाँनिर थाहा पाउनुपर्ने विषय यो छ कि इन्कग्निटो तथा प्राइभेट मोडले तपाईंकाे हिस्ट्री स्टोर गर्दैन । तर तपाईंले १८ वर्ष उमेर माथिकाले मात्र हेर्न मिल्ने तथा एडल्ट वा यस्तै अन्य कुनै असुरक्षित किसिमका वेबसाइट हेरिरहनुभएको छ भने त्यसमा तपाईंको कम्प्युटरको आईपी एड्रेस गइरहेको हुन्छ । यदी तपाईंलाई त्यसबाट बच्नु छ भने भीपीएनको प्रयोग गर्न सक्नुहुन्छ । यो एउटा राम्रो विकल्प हुनसक्छ । 

हार्ड ड्राइभ वा मेमोरीबाट फायल डिलिट 

अहिले पनि यस्ता व्यक्तिहरूको संख्या धेरै छ जसलाई आफ्नो कम्प्युटरको हार्ड डिस्क, ड्राइभ वा मेमोरीबाट एक पटक कुनै फायल, फोल्डर वा कुनै महत्वपुर्ण डकुमेन्ट डिलिट गरियो र रिसाइकिल बिनबाट समेत हटाइयो भने त्यो सदाका लागि आफ्नो सिस्टमबाट हटिसकेकाे र त्यसलाई पुनः फर्काएर ल्याउन  नसकिने लागिरहेकाे हुन्छ ।

तर वास्तविकता भने त्यस्तो होइन । यो एउटा भ्रम मात्र हो । तपाईंले यसरी डिलिट भएका चिजहरूलाई सजिलै फिर्ता ल्याउन सक्नुहुन्छ । त्यसका लागि बजारमा अनेकौँ त्यस्ता सफ्टवेयरहरू समेत उपलब्ध छन् । 

यहाँ निर ख्याल राख्नुपर्ने विषय के छ भने जब तपाईं आफ्नो कम्प्युटरबाट कुनै फायल, फोल्डर वा कुनै तथ्याङ्कलाई डिलिट गर्नुहुन्छ, त्यसको कपी भन् हार्ड डिस्कमा रहिरहन्छ । यतिसम्म कि अर्को कुनै फाइल तथा डाटाले त्यसको ठाउँ लिँदैन, तबसम्म त्यो रहिरहन्छ र सजिलै रिकभर गर्न सकिन्छ । यस किसिमको भ्रमबाट तपाईं पनि मुक्त भएकै राम्रो । 

कम्प्युटरको ज्ञान

कम्प्युटर विषयकाे अध्ययन गरेकाहरूलाई कम्प्युटर सम्बन्धि सबै जानकारी हुन्छ भन्ने भ्रम पनि धेरैलाई हुनसक्छ । यस्तोमा कम्प्युटरमा देखिने साना देखि ठूला समस्याहरू चुट्कीकै भरमा समाधान गर्न सक्छन् भन्ने पनि लागिरहेको हुन्छ । तर वास्तवमा त्यो सत्य होइन र त्यस किसिमको विश्वास नराखेकै राम्रो ।

यहाँनिर तपाईं हामीले थाहा पाउनुपर्न खास विषय के छ कि, कम्प्युटरमा कुनै समस्या देखिए पनि कम्प्युटर विषयको अध्ययन गरेकाहरूले सामान्यता गुगलमा सर्च गरेरै समाधान खोजिरहेका हुन्छन् ।

त्यसैले यदी कसैले आफूलाई कम्प्युटर सम्बन्धि सबै कुरा थाहा भएको दाबी गर्छ भने त्यो सरासर झुट हो । यसको अर्थ यो पनि होइन कि त्यस्ता  व्यक्तिलाई कम्प्युटरको विषयमा केही पनि थाहा हुँदैन । कम्प्युटरका कतिपय समस्याहरू क्षणभरमै समाधान गर्ने क्षमता पनि उनीहरूले राख्न सक्छन् । 

भाइरस

कम्प्युटर स्लो चल्न थालेपछि कम्प्युटरमा भाइरस पसेको भन्ने लाग्न सक्छ । तर यो पनि तपाईंको भ्रम नै हो । यहाँनिर तपाईं हामीले थाहा पाउनुपर्ने विषय यो छ कि, कम्प्युटर धीमा गतिमा चल्नुका पछाडि अनेक कारण हुनसक्छन् ।

तपाईंको कम्प्युटरमा रहेको हार्डडिस्क करीब करीब भरिन आँटेको, कम्प्युटरमा आउटडेटेड सफ्टवेयर भएको,  कम्प्युटरमा भएको सफ्टवेयर अप टू डेट नरहेको, क्षमताभन्दा बढी सफ्टवेयर इन्स्टल भएको, सफ्टवेयरको पाइरेटेड सफ्टवेयर प्रयोग जस्ता विभिन्न कारणले तपाईंको कम्प्युटर स्लो भएको हुनसक्छ । त्यसैले कम्प्युटर स्लो हुनुका पछाडि भाइरस नै हुनुपर्छ भन्ने जरुरी छैन । 

एन्टिभाइरस

एन्टिभाइरस राखेको अवस्थामा आफ्नो कम्प्युटरमा भाइरस आउनै नसक्ने भ्रमले समेत तपाईं हामी धेरैलाई गाँजेको हुनसक्छ । तर यो सत्य होइन । सामान्य कम्प्युटर प्रयोगकर्ता मात्रै नभएर आफूलाई कम्प्युटरको ज्ञाता सम्झिनेहरूले समेत यस्तो भ्रम पालिरहेका हुनसक्छन् ।

चाहे जतिसुकै शक्तिशाली र जुनसुकै कम्पनीको एन्टिभाइरस भए पनि पूर्णरुपमा कम्प्युटरमा भाइरस आउनबाट राोक्न सक्छ भन्ने ग्यारेन्टी भने छैन । इन्टरनेट विश्वमा अनेक नयाँ नयाँ भाइरसहरू आउने जानेक्रम तीब्र रुपमा चलिरहेको हुन्छ । त्यसैले तपाईंले एन्टिभाइरस अप टू डेट राख्नुभयो भने मात्रै त्यस्ता भाइरसहरूबाट बच्न सक्नुहुन्छ । 

हाम्रै गल्तका कारण पनि कम्प्युटरमा भाइरस आउने सम्भावना रहन्छ । तपाईं हामी कतिपय समय यस्ता लिंकमा क्लिक गरिदिन्छौँ वा यस्ता सफ्टवेयरहरू डाउनलोड गर्छौं या भनौँ यस्ता थर्ड पार्टी वेबसाइटमा पुग्छौँ, जो सुरक्षित हुँदैनन् । यसरी कुनै फायल वा सफ्टवेयर डाउनलोड गर्दा तथा क्याक सफ्टवेय प्रयोग गर्दा हाम्रो कम्प्युटरमा भाइरस आउन सक्छ । 

विश्वमा विण्डोज अपरेटिङ सिस्टममा आधारित कम्प्युटर प्रयोग गर्नेको संख्या ठूलो छ । ह्याकरहरूले धेरैलाई लक्षित गर्ने योजनाका साथ विण्डोज अपरेटिङ सिस्टमलाई नै निसाना बनाइरहेका हुन्छन् । र त्यसैका लागि भाइरस बनाइरहेका हुन्छन् । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०