close

प्ले स्टोर सुरक्षित बनाउने प्रयासमा गूगल

टेकपाना टेकपाना

कात्तिक २४, २०७६ १०:१६

प्ले स्टोर सुरक्षित बनाउने प्रयासमा गूगल

गूगलले प्ले स्टोरलाई सुरक्षित बनाउने भएको छ । पछिल्लो समय प्ले स्टोरमा विभिन्न असुरक्षित एप्स भेटिदैं आएको छन् ।

केही समय अघिमात्रै ईसेट अनुसन्धानकर्ताहरूले गूगलको प्ले स्टोरमा ४२ वटा एडवेयर युक्त (विज्ञापन देखाउने भाइरस)  एप्स भेटिएको जनाएका थिए । उनीहरूले आफूले भेटेका त्यस्ता एप्सको विषयमा गूगललाई जानकारी गराइ हटाउन लगाएका थिए ।

जसमा ४२  ओटा एप्सहरू एडवेयर रहेको उल्लेख थियो । त्यस्ता एपहरूले अनावश्यक रुपमा विज्ञापनहरू दिएर प्रयोगकर्तालाई असर पारिरहेको अनुसन्धानकर्ताहरूको निश्कर्ष थियो । 

ईसेटका अनुसार ती ४२ वटा एप्स अहिलेसम्म कूल मिलाएर ८० लाख पटक डाउनलोड भइसकेको जनाइएको छ ।  जुन प्रयोगकर्ताका लागि जोखिमपूर्ण रहेको बताइएको थियो । यस्ता घटाना प्ले स्टोरमा धेरै लामाे समयदेखी फेला पर्दै आएका छन् । 

त्यसैको समधानका लागि गूगलले सेक्यूरिटी फर्महरूसँग सहकार्य सुरु गरेको हो । जसमार्फत हानिकारक एप्सहरू प्लेस्टोरबाट हटाईने उल्लेख गरिएको छ ।

त्यसका लागि कम्पनीले हालै मोबाइल सेक्यूरिटी कम्पनी इसेट, लुकआउट र जिम्पेरियमसँग सहकार्य गर्ने छ । ती कम्पनीहरूले गुगल प्ले स्टोरमा भएका हानिकारक एप्स र एन्ड्रोइड प्रयोगकर्तालाई हुने खतरालाई कम गर्न गुगललाई सघाउनेछन् । 

यसलाई गुगलले एप डिफेन्स एलाएन्सको नाम दिएको छ । हाल गुगल प्ले स्टोरमा आधारित दुई करोड ५० लाख मोबाइल तथा डिभाइस रहेका छन् । जुन सधै ह्याकरको निशानामा पर्दै आएका छन् । प्ले स्टोरमा नदेखिने मालवेयर र सिक्रेट कोडहरू जासुसी गर्न वा प्रयोगकर्ताको संवेदनशिल तथ्याङ्क र सूचना चोर्नका लागि राखिने गरिन्छन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०